Euro 2020

बिश्व नम्बर एक बेल्जियमलाई हराउदै इटाली सेमिफाइनलमा

Published

on

बिश्व नम्बर एक टोली बेल्जियमलाई पराजित गर्दै इटाली युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको म्युनिखमा भएको सेमिफाइनलमा निकोलो बरेला र लोरेन्जो इन्सिग्नेको गोलको मद्दतमा इटालीले २-१ को जित हात पार्यो । इटालीले यस क्रममा अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अपराजित यात्रालाई ३२ खेलसम्म लम्ब्याएको छ ।

खेलको सबै गोल पहिलो हाफमा भएको थियो । बरेलाको गोलबाट अग्रता लिएको इटालीलाई इन्सिग्नले मजबुत स्थितिमा पुर्याएका थिए । तर रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए ।

प्रतिस्पर्धात्मक दोश्रो हाफमा दुवै टोलीले उत्तिकै प्रयास गरेपनि थप गोल हुन नसक्दा इटाली अन्तिम चारमा प्रवेश गर्न सफल भयो । सेमिफाइनलमा अब इटालीले स्पेनको सामना गर्नेछ ।

बेल्जियमले पहिलो केही मिनेटमा पकड जमाएपनि इटालीले मौका बनाएको थियो । १३ औं मिनेटमा लियोनार्डो बोनुच्चीले गोल गरेपछि भिडियो असिस्टेन्ट रिप्लेमार्फत त्यसलाई मान्यता दिइएको थिएन । २२ औं मिनेटमा काउन्टर अट्याकमा अगाडी बढेका केभिन डि ब्रुनलाई इटाली गोलकिपर जियनलुईजी डोनारमाले उत्कृष्ट बचाउ गरेका थिए ।

डि ब्रुनले नै बनाएकोकाउन्टर अट्याक मुभमा पाएको बलमा लुकाकुको लो ड्राइभलाई डोनारुमाले कर्नरका लागि पठाएका थिए । लगत्तै फेडेरिको चिएसाको प्रहार डिफ्लेक्ट भएपनि बेल्जियन गोलकिपर थिबाउ कोटर््वाले सहजै बचाएका थिए ।

३१ औं मिनेटमा बेल्जियन पोस्टमा दवाब बनाइरहदा मार्को भेराट्टीले निकालेको बलमा बरेलाले राम्रो ड्रिब्लिंग गर्दै कोर्ट्वालाई मौका नै नदिएर इटालीलाई अग्रता दिलाएका थिए ।

इन्सिग्नेले ४४ औं मिनेटमा एकल प्रयासमा बक्स बाहिरबाट घुमाउरो प्रहार गर्दै कोटर््वालाई बिट गर्दै सुन्दर गोल गरेका थिए । लगत्तै बेल्जियमले दुरी छोट्याएको थियो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका जेरेमी डोकुमाथि फउल भएपछि प्राप्त पेनाल्टीमा लुकाकुले गोल गरेका थिए । लुकाकुले जारी युरोचार गोलका साथ समाप्त गरेका छन् ।

दोश्रो हाफको पहिलो उल्लेखनीय मुभमा डोकुले बलसंगै लगाएको तिब्र दौडमा आएको बलमा डि ब्रुनले लुकाकुलाई क्रस दिएपछि डोनारुमा बिट भएपनि स्पिनाज्जोलाले गोललाईन नजिकबाटै छेकेका थिए ।

६५ औं मिनेटमा ६ यार्ड बक्स नजिकै इन्सिग्नेले दिएको बलमा स्पिनाज्जोला ले सही कनेक्ट नगर्दा इटालीको अग्रता दोब्बर बनाउन चुकेका थिए ।

Click to comment

Trending