Euro 2020

टाइ ब्रेकरमा स्विट्जरल्याण्डलाई पराजित गर्दै स्पेन युरोको सेमिफाइनलमा

Published

on

टाइ ब्रेकर  स्विट्जरल्याण्डलाई १-३ ले हराउँदै स्पेन युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनका लागि अन्तिम पेनाल्टीमा मिकेल ओयर्जाबलले गोल गरे पछि स्पेनले सेमिफाइनलमा स्थान बनाएको थियो ।

निर्धारित ९० मिनेटमा स्पेनका लागि ‘ओन गोल’ ले अग्रता लिए पनि स्विट्जरल्याण्डका लागि जेर्दान सकिरीले बराबरी गोल फर्काए पछि खेल एक्स्ट्रा टाइममा पुगेको थियो । उक्त समयमा पनि गोल नभए पछि खेल टाइ-बेकरमा पुगेको थियो । जहाँ स्पेनका कप्तान सर्जियो बुस्केट, रोड्री चुक्न पुगेका थिए । स्विट्जरल्याण्डका लागि मनुएल आकान्जी, फाबिएन सकरले र रुबिन भार्गास पेनाल्टीमा चुक्न पुगेका थिए ।

आँठौ मिनेटमै स्पेनले अग्रता लिएको थियो । कोकेले लिएको कर्नरले बक्स भित्र कुनै स्पेनिस खेलाडी नभेट्टाए पनि बक्स बहिर जोर्डी अल्बालाई भेट्टाएको थियो । त्यही पासलाई जोर्डी अल्बाले कारीब २६ यार्डबाट गरेको प्रहार स्विट्जरल्याण्डका डेनिस जकारीयाको खुट्टामा लाग्दै गोल हुन पुगेको थियो ।

त्यस पछी स्पेनले १७ औँ मिनेटमा अर्को मौका पायो । कोकेले प्रहार गरेको फ्रिकिक थोरै माथि गएको थियो । २५ औँ मिनेटमा सेजार अज्पीलिक्वेटा ले गरेको प्रहारलाई स्विट्जरल्याण्डका गोलरक्षक यान सोमरले बचाएका थिए । पहिलो हाफमा स्पेनले केही राम्रा मौका बनाए पनि दोस्रो हाफमा भने स्विट्जरल्याण्डले राम्रो मौकाहरु बनायो ।

५६ औँ मिनेटमा जकारीयाले गरेको हेडर बहिरिन पुग्दा स्विट्जरल्याण्डले बराबरी गर्ने मौका गुमाएको थियो । ६४ औँ मिनेटमा स्टेफेन जुबेरले गरेको प्रहारलाई स्पेनका गोलरक्षक उनाइ सिमोनले बचाएका थिए । तर, ६८ औँ मिनेटमा भने स्विट्जरल्याण्ड बराबरी गोल गर्न सफल भयो । स्पेनिस डिफेन्डर लापोर्टे र पाउ टोरेज बिच तालमेल नमिल्दा स्विट्जरल्याण्डले पाएको मौकामा जेर्दान सकिरीले गोल गरेका थिए ।

खेलमा ७७ औँ मिनेटमा भने स्विट्जरल्याण्डका लागि रेमो फेउलरले रातो कार्ड खान पुगेका थिए । जेराड मोरेनोलाई फाउल गरे पछि रेफ्री ओलिभर माइकलले उनलाई प्रतियोगिताको छैँठौ रातो कार्ड देखाएका थिए ।

९० मिनेट बराबरी पछि एक्स्ट्रा टाइममा गएको खेलमा स्पेनले सुरुको १५ मिनेट राम्रो दवाब बनाएको थियो । ९२ औँ मिनेटमा जोर्डी अल्बाको क्रसमा जेराड मोरेनो चुक्न पुगेका थिए । ९६ औँ मिनेटमा फेरी अल्बाको प्रहारलाई गोलरक्षक सोमरले बचाएका थिए । १०० औँ मिनेटमा फेरी सोमारले अर्को उत्कृष्ट बचाउ गरेका थिए । मोरेनोको दमदार प्रहारलाई सोमारले उत्कृष्ट रुपले जोगाएका थिए।

एक्स्ट्रा टाइमको ११० औँ मिनेटमा सोमारले फेरी अर्को उत्कृष्ट बचाउ गरेका थिए । अल्बाले गरेको लामो दुरीको प्रहारलाई सोमारले बचाउ गरेका थिए ।

सेमिफाइनलमा स्पेनले इटाली र बेल्जियमको बिजेतासँग खेल्ने छ ।

 

 

 

 

Click to comment

Trending