Headline

युवा मिड्फिल्डर श्यान्शु सातदोबाटो क्लबमा

Published

on

सातदोबाटो युथ क्लबले आउँदै गरेको सहिद स्मारक ए डिभिजन लिगका लागि युवा मिड्फिल्डर श्यान्शु भुषाललाई आवद्ध गरेको छ । सातदोबाटो युथ क्लब गएको सिजन मात्रै बि डिभिजन लिगको च्याम्पियन बन्दै ए डिभिजन लिगमा बढुवा भएको क्लब हो ।

१७ वर्षिय श्यान्शुको यो पहिलो ए डिभिजन लिग हुने छ । यस अघि श्यान्शुले नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका थिए । श्यान्शु कतारको क्लब अल वक्रहबाट व्यवसाहिक फुटबल खेलेका थिए । श्यान्शु यस अघी नै नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पेरिसकेका खेलाडी हुन् ।

सातदोबाटो युथ क्लब नेपाली फुटबल प्रशिक्षकमा पुरानो नाम मेघराज के.सीले हेर्ने सम्भवना बलियो छ । मेघराज के.सीले यस अघिनै श्यान्शुलाई नेपाल सुपर लिगमा प्रशिक्षण दिएका छन् ।

सातदोबाटोमा अवद्ध हुन पाउनु निकै खुशीको कुरा रहेको श्यान्शुले बताए । “मेरो ए डिभिजन खेल्ने सपना थियो र त्यो पुरा हुँँदै छ र म सातदोबाटोबाट खेल्न पाउँदा खुशी लागेको छ,” श्यान्शुले भने । सातदोबाटोले श्यान्शुसँगै पासङ लामा, रन्जन पुन र करण रावतलाई पनि अनुबन्धन गरेको छ ।

सातदोबाटोले यस अघि नै विदेशी खेलाडी कोटामा डिफेन्डर पिटर सेमेडोलाई क्लबमा आवद्ध गरिसकेको छ ।

Click to comment

Trending