Euro 2020

टोनी क्रुजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास 

Published

on

जर्मनीका मिडफिल्डर टोनी क्रुजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

रियल म्याड्रिडका स्टार ३१ वर्षीय क्रुजले जर्मनी जारी युरो कप २०२० बाट बाहिरिएको केही दिन बित्न नपाउँदै सन्यासको घोषणा गरेका हुन् । सन् २०१० मा जर्मनीको लागि डेब्यु गरेका उनले कुल १०६ क्याप जितेका छन् । जर्मनीबाट खेल्दा उनको सबैभन्दा ठुलो उपाधि भनेको सन् २०१४ को विश्वकप हो ।    

क्रुजले सामाजिक सञ्जाल मार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन् । ‘मैले जर्मनीको लागि १०६ खेल खेले । अब यो अर्को पटक हुँदैन,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।  

‘मेरो एउटै इच्छा भनेको युरो कप जित्दै आफ्नो क्याप सङ्ख्या १०९ पुर्याउने । तर त्यो पुरा हुन सकेन । म पहिलेबाट नै युरो मेरो अन्तिम प्रतियोगिता हुनेछ भनेर मनस्थिति बनाउँदै आएको थिए । कतारमा आयोजना हुने २०२२ को विश्वकप नखेल्ने पहिले देखि कै सोच हो ।’

‘मेरो अबको चाहना भनेको केही वर्ष रियलका लागि खेल्नेमा नै केन्द्रित गर्नु रहेको छ । पछिल्लो ११ वर्ष देखि मैले कुनै पनि विश्राम लिएको छैन भने अब केहि विश्राम पनि लिन चाहन्छु । म अब आफ्नो समय मेरो परिवारमा दिन चाहन्छु । मेरो अब रियल पछिको समय भनेको मेरो श्रीमती र तीन बच्चाहरूमा केन्द्रित रहने छ ।’

त्यस्तै क्रुजले जर्मनीको जर्सीमा लामो समय सम्म खेल्न पाएको आफ्नो लागि निकै गौरवको विषय भएको भन्दै समर्थकहरूलाई उनीहरूको माया र सम्मानका लागि धन्यवाद पनि दिएका छन् । 

Click to comment

Trending