Euro 2020

बेल्जियमलाई हजार्ड र डि ब्रुनकै चिन्ता, इटालीको नजर सेमिफाइनलमा

Published

on

वुधबार राती सम्म पनि बेल्जियम समर्थकलाई एउटै प्रश्नले सताउने छ, एडन हाजार्ड र केविन डि ब्रुन यो खेलका लागि पूर्ण फिट छन् कि छैनन् ? त्यो उत्तर खेलको एक घण्टा अगाडि आउने शुरुवाती ११ ले नै बताउने छ । तर, इटाली र बेल्जियम एक अर्काको सामना गर्दा युरोले दुई महारथी बिचको अर्को रोमान्चक खेल देखिन पाइने छ ।

एडन हाजार्डले खेल गुमाउने नै भए पनि बेल्जियमका लागि धेरै प्रतिवाशाली खेलाडीहरु रहेका छन् । एडनकै भाई थोर्गन हजार्ड आँफैमा उत्कृष्ट खेलाडी हुन् । उनकै गोलले पोर्चुगलको दोस्रो पटक युरोको उपाधि जित्ने सपना ध्वस्त हुन पुगेको थियो । मिड्फिल्डमा पनि डि ब्रुनको स्थानमा बेल्जियमका लागि अर्का प्रतिवाशाली खेलाडी डेरिस मेर्टिन्सले स्थान बनाउन सक्ने छन् ।

डि ब्रुन र हजार्डले बेल्जियमको फिजियो टोलीसँग अभ्यास गरे पनि प्रशिक्षक रोबेर्टो मार्टिनेजले दुवै खेलाडीलाई इटाली विरुद्धको खेलमा फिट बनाउने बताएका थिए । तर, यदी दुवै खेलाडीले शुरुवाती ११ मा स्थान बनाउन नसक्ने हो भने एट्लेटिको म्याड्रिडका यानिक करास्को र नापोलीका मेर्टिन्सले स्थान बनाउन सक्ने छन् ।

इटालीका लागि चोटको केही पनि समस्या छैन । २५ खेलाडी मद्धे २४ खेलाडीलाई समुह चरण र अन्तिम १६ मा खेलाएको इटालीलाई कुन टोली विरुद्ध कुन खेलाडी खेलाउनु पर्छ राम्रो ज्ञान छ ।

बेल्जियम विरुद्ध पाँच खेलमा अपराजित रहेको इटालीका लागि बेल्जियम अहिलेको समयमा ठुलो प्रतिद्वन्धी हो । इटालीका लागि यो खेल नयाँ किर्तिमान कोर्नका लागि पनि महत्वपूर्ण छ । अष्ट्रिया विरुद्ध २-१ को जित निकाले पछि आफ्नो अपराजित यात्रालाई ३१ खेल सम्म तन्काएको इटालीलाई बेल्जियम विरुद्धको जितले अर्को किर्तिमान रच्न मद्धत गर्ने छ ।

इटालीले बेल्जियम विरुद्ध आफ्नो उत्कृष्ट शुरुवाती ११ खेलाउने छ तर पनि इटालीका लागि आज मिड्फिल्डर जोर्जिनिहो र मर्को भेराट्टीको जोडीको खेलले बेल्जियम विरुद्धको नतिजामा असर गर्ने छ ।

खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

Click to comment

Trending