Euro 2020

इतिहास स्पेनको पक्षमा रहेपनि कु दोहोर्याउने दाउमा स्विस

Published

on

बिश्वकप बिजेता फ्रान्सलाई स्तब्ध पार्दै ६७ बर्ष यता कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको क्वार्टर फाइनल प्रवेश गरेको स्विट्जरल्याण्ड युरो कपमा अर्को इतिहासका लागि शुक्रबार स्पेनको सामना गर्दैछ ।

भ्लादिमिर पेट्कोभिचको टोलीले एक पेनाल्टी मिस गरेपनि दुई गोलले पछि परेको स्थितिबाट सनसनीपूर्ण पुनरागमन गर्दै फ्रान्सलाई पेनाल्टी सुट आउटमा हराउन सफल भएको थियो । यस क्रममा फ्रान्सको २०१८ बिश्वकपका हिरो किलियन एमबाप्पेले पेनाल्टी मिस गरेका थिए ।

स्विस टोली अब भने सुस्त शुरुवात गरेपनि अन्तिम दुई खेलमा १० गोल गरेको स्पेनलाई हराउदै अर्को सरप्राइज दिन चाहन्छ ।

अल्भारो मोराटाले आलोचनालाई शान्त गर्दै गरेको गोलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गरेको थियो तर अब उसले किर्तिमानी चौथो पटक युरोपियन उपाधि जित्ने हो भने धेरै गल्तिहरु सुधार्नु पर्ने देखिन्छ ।

मोराटाले समुह चरणमा लगातार अवसरहरु गुमाउदा युभेन्टस फर्वार्ड र उनको परिवारलाई सेभिलमा समर्थकहरुले नै ज्यान मार्ने धम्की दिएका थिए ।

इतिहास पूर्ण रुपमा स्पेनको पक्षमा रहेको छ । स्विट्जरल्याण्डसंग भएको २२ खेलमा मात्र एकमा पराजय व्यहोर्दा स्पेनले २०१० मा दक्षिण अफ्रिकामा बिश्वकप उपाधि नै जितेको थियो ।

वर्तमान स्पेन टोलीमा कप्तान सर्जियो बुस्केट्स बिश्वकप बिजतो टोलीबाट एक मात्र रहेका छन् भने उनी र जोर्डी अलबा २०१२ को युरो कप जित्ने टिमबाट बांकी रहेका सदस्य हुन् ।

अन्तिम १६ मा क्रोएसियामाथि प्राप्त जित स्पेनको लागि २०१२ मा इटालीलाई ४-० ले पराजित गरेपछि कुनै पनि प्रमुख प्रतियोगितामा हात लागेको पहिलो नकआउट बिजय हो ।

स्विट्जरल्याण्ड पछिल्लो पटक कुनै पनि प्रमुख प्रतियोगिताको क्वार्टर फाइनलमा सन् १९५४ को बिश्वकपमा पुगेको थियो । आयोजक स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा अष्ट्रियासंग ७-५ ले हारेको थियो । यो नै बिश्वकप इतिहासको सबैभन्दा हाइ स्कोरिंग गेम हो ।

साढे ६ दशक भन्दा बढीको समयमा स्विट्जरल्याण्ड पहिलो पटक सेमिफाइनलको नजिक रहेको स्थितिमा सारिएभोमा जन्मिएका प्रशिक्षक पेट्कोभिच स्विस टिमको समावेशी टोलीको प्रतीकको रुपमा रहेका छन् ।

फ्रान्सबिरुद्धको खेल समाप्त भएपछि म केही पनि बोल्न सकिरहेको थिइन । मेरो मुखबाट आवाज नै निक्लिएन, २०१४ मा नियुक्त भएका पुर्व सामाजिक कार्यकर्ता पेट्कोभिचले भने ।

तर पेट्कोभिचलाई चुनौति छ । फ्रान्ससंगको खेलमा पहेलो कार्ड पाएका प्रभावशाली आर्सनल मिडफिल्डर ग्रानित जाका स्पेनबिरुद्धको खेलमा हुने छैनन् । जाकाकै उत्कृष्ट थ्रु बलमा मारिया गाभ्रानोभिचले ९० औं मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।

Click to comment

Trending