अन्तर्राष्ट्रिय

सहज जित निकालेको इंग्ल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला 

Published

on

बलिङमा साम कर्रन र डेभिड विली तथा ब्याटिङमा जेसन रोय, जो रुट र ओइन मोर्गन चम्किए पछि इंग्ल्यान्डले श्रीलंका विरुद्धको दोश्रो एकदिवसीय खेलमा आठ विकेटको सहज जित दर्ता गराएको छ भने एक खेल अगावै शृंखला माथि पनि कब्जा जमाउन सफल भएको छ । 

आजको खेलमा जित निकाल्दा घरेलु टोली इंग्ल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २४१ रनको सामान्य योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डले दुई विकेट गुमाएर ४२ बल अगावै लक्ष्य पार गर्यो । 

सुरुवात देखि नै पाहुना टोलीलाई दबाबमा राखेका इंग्ल्यान्डका बलरहरु कर्रनविलीले घातक बलिङ गर्दै नौं विकेट एक आपसमा बाँडे पछि श्रीलंकाले ठुलो योगफल बनाउन सकेन । 

ओपनरद्वय पथुम निसंकाकुसल परेरा क्रमश पाँच र शून्य तथा अविष्का फर्नान्डो दुई र चरिथ असलंका तीन रनमा आउट हुँदा सातौँ ओभरमा चार विकेटको नोक्सानीमा २१ रनमा खुम्चिएको अवस्थामा श्रीलंकाका धनन्जय डि सिल्भाले अर्धशतक प्रहार गर्दै पारी सम्हालेका थिए ।

डि सिल्भाले पाँचौ बिकेका लागि २६ रन बनाएका वानिन्दु हसरंगासँग ६५ तथा ४७ रन बनाएका दासुन शनाकासँग छैटौँ बिकेटका लागि ८४ बलमा ७८ रनको साझेदारी गर्दै ३५ औं ओभरमा १६५ सम्मको योगफल सम्म पुर्याए । तर ९१ बलमा १३ चौकाको मद्दतमा ९१ रन नै बनाएका डि सिल्भा विलीको शिकार हुन पुगे ।   

खेलको म्यान अफ द म्याच घोषित कर्रनले १० ओभर बलिङ गर्दै ४८ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे । यो कर्रनको एकदिवसीय खेलमा पहिलो पाँच विकेट हो । त्यस बाहेक महँगो साबित भए पनि विलीले १० ओभरमा नै ६८ रन दिएर आफ्नो नाममा चार विकेट दर्ता गराए ।

जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डको जितमा कप्तान मोर्गनले अविजित रहँदै ७५ रन जोडे भने रुटले पनि अविजित ६८ रनको पारी खेले । त्यस बाहेक ओपनरद्वय रोय र जोनी बैरस्टोले क्रमश ६० र २९ रनको योगदान दिए ।   

Click to comment

Trending