Headline

युएफालाई धक्का, युरोपियन सुपर लिगमा आबद्ध क्लबहरूलाई कारबाही नगर्न अदालतको आदेश 

Published

on

स्पेनको अदालतले युरोपियन फुटबलको सर्वोच्च निकाय युएफालाई युरोपियन सुपर लिग (ईएसएल) मा आबद्ध भएका क्लबहरू रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस विरुद्धको सबै मुद्दा फिर्ता लिन आदेश दिएको छ । 

म्याड्रिड व्यवसायिक अदालतले बिहीबार आफ्नो फैसला सुनाउँदै युएफालाई तीन क्लब विरुद्ध कुनै पनि कारबाही अगाडि नबढाउन पनि निर्देशन दिएको छ । त्यस्तै उसले युएफ़ाले सुपर लिग आयोजना गर्ने क्लबहरूको निर्णय विरुद्धमा दबाब दिन र जबरजस्ती पनि गर्न नमिल्ने जनाएको छ । त्यस्तै अदालतले बिभिन्न क्लबहरूलाई युएफाले लगाउने भनिएको एक सय मिलियन युरो जरिवाना लगाउने निर्णय उल्टाउन भनेको छ ।     

अदालतले इंग्ल्यान्डको प्रिमियर लिग तर इटालीको फुटबल संघलाई उनीहरूसँग आबद्ध भएका सबै क्लबहरू विरुद्धको निर्णयहरू पनि सबै छाड्न भनेको छ ।   

१२ संस्थापक क्लब सहित स्थापना हुँदै गरेको युरोपियन सुपर लिगको धेरै विरोध भए पछि नौं क्लबले ७२ घण्टा पनि बित्न नपाउँदै आफ्नो नाम फिर्ता लिएका थिए । संस्थापक क्लबका रुपमा रहेका प्रिमियर लिगका म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, टोटनह्याम र लिभरपुल, ला लिगाको एट्लेटिको म्याड्रिड र सिरी आ को इन्टर मिलानले आफ्नो नाम फिर्ता लिने बताए पनि रियल, बार्सिलोना र युभेन्टसले भने तत्कालका लागि स्थगित भए पनि भविष्यमा आयोजना गर्ने जनाउँदै आएका थिए ।   

युएफाले यस अघि रियल, बार्सिलोना र युभेन्टसलाई आफ्नो निर्णय स्थगित नगरेको खण्डमा दुई वर्ष सम्मको प्रतिबन्ध लगाउने धम्की दिँदै आएको थियो । 

Click to comment

Trending