Headline

रामोसले गरे पिएसजीसँग दुई वर्षको सम्झौता

Published

on

रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोस फ्रेञ्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) जाने पक्का भएको छ । रामोसले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

अब चाँडै नै पिएसजीमा रामोसको मेडिकल हुने छ । रामोसका दाई तथा उनका एजेन्ट पनि रहेका रेने रामोस बिहीबार बिहान फ्रान्सको राजधानी पेरिस पुगेर पिएसजीसँग सम्झौताको बारे छलफल गरेका थिए ।

रामोसले १६ वर्ष रियल म्याड्रिड खेलेका थिए । २००४ मा सेभियाबाट रियल पुगेका रामोसले २०२० सिजन सम्म रियलका लागि खेलेका थिए । तर, रियलले अन्तिम वर्ष सम्झौता नदिए पछि उनी क्लब बिहिन हुन पुगेका थिए ।

रामोसलाई भित्राउनका लागि इङ्गलिस प्रिमियर लिग क्लबहरू म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड पनि इच्छुक देखिएको भए पनि रामोस आफै भने पिएसजीमा जाने मनस्थितिमा रहेका थिए । केही सञ्चारमाध्यमका अनुसार रामोसले आफ्ना नजिकका साथीहरूलाई आगामी सिजन आफू लिग वानमा खेल्ने पनि बताएका थिए ।

रामोसले १६ वर्ष रियलमा खेल्दा पाँच ला लिगा, चार च्याम्पियन्स लिग, दुई कोपा डेल रे र ११ वर्ष फिफाको उत्कृष्ट ११ मा आफ्नो नाम राखेका थिए ।

 

Click to comment

Trending