Headline

साफ च्याम्पियनशिप अझै अनिश्चित, भुटान नाम फिर्ता लिँदै

Published

on

सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनशिपको अनिश्चितता कयामै छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को वुधबार बसेको बैठकले कुनै ठोस निर्णय निकाल्न सकेको छैन् । यसै बिच भुटानले पनि साफ च्याम्पियनशिपबाट आफ्नो नाम फिर्ता लिने बताएको छ ।

साफ का महासचिव अन्वरुल हक हेलालले भुटान फुटबल संघका अनुसार आफ्नो देशमा बहिरी यात्रामा रोक लगाएका कारण भुटानको सहभागीता सम्भव नभएको बताए । यस्तै अर्को साफ मुलुक पाकिस्तानलाई फिफाले प्रतिबन्ध लगाएका कारण अब साफ च्याम्पियन्शिप हुने हो भने पाँच देशले मात्रै सहभागीता लिने छन् ।

महासचिव अन्वरुल हकका अनुसार यस्तो अवस्थामा सबै टोलीहरुले राउन्ड रोबिनको आधारमा प्रतियोगिता खेल्दै शिर्ष दुई टोलीले फाइनल खेल्न सक्ने पनि संकेत गरेका छन् ।

साफ च्याम्पियनशिप गर्न निकै समस्याहरु देखिएको छ । कोरोनाका कारण बङ्गलादेशको ढाकामा प्रतियोगिता गर्न सम्भव छैन तर पनि धेरै देशहरुलाई बङ्गलादेशको चट्टगाँउ र सिलियेट शहरमा प्रतियोगिता खेल्न समस्या छैन ।

साफ च्याम्पियन्शिपलाई मुख्य समस्या प्रायोजनकै रहेको छ । प्रायोजन बिना दक्षिण एसिया क्षेत्रकै ठुलो प्रतियोगिता राम्रो नदेखिने भए पछि साफका अध्यक्ष काजी सलाउद्दीनले प्रायोजक खोज्न केही समय मागेका छन् । सुजुकीले २०१८ सम्म साफ सुजुकी कपको नामले प्रतियोगितालाई प्रायोजन गरे पनि अहिले भने उक्त प्रायोजन सक्किएको छ ।

महसचिव अन्वरुल हकका अनुसार साफले १५ दिन भित्र नयाँ प्रायोजक खोज्ने र टोलीहरुलाई निर्णय दिने बताएको छ ।

 

Click to comment

Trending