Headline

सान्चो युनाइटेड जाँदा सिटीलाई एक करोड पाउण्ड नाफा, तर कसरी ?

Published

on

जेडन सान्चो बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ । २१ वर्षीय सान्चोलाई युनाइटेडले आफ्नो क्लबमा आबद्ध गराउन ७२.९ मिलियन पाउण्ड खर्चने छ । 

सान्चोले ठुलो रकममा क्लब स्तान्तरण गर्ने भए पछि म्यानचेस्टर सिटीको पनि भाग्य चम्किएको छ ।  डर्टमण्डले आफूले प्राप्त गर्ने रकमबाट सिटीलाई एक करोड अर्थात १० मिलियन पाउण्ड दिन पर्ने हुन्छ । 

सिटीको फुटबल एकेडेमीबाट सन् २०१७ मा डर्टमण्ड पुगेका सान्चोलाई भित्राउन बुन्डेसलिगा क्लबले ८० लाख पाउण्ड खर्च गरेको थियो । त्यस बाहेक दुई क्लबको सम्झौता अनुसार सान्चोले अन्य क्लब गएको खण्डमा डर्टमण्डले आफूले पाउने कुल रकमको १५ प्रतिशत दिन पर्ने शर्त रहेको थियो । त्यसै अनुरूप सिटीले एक करोड पाउण्ड भन्दा बढी रकम पाउने भएको हो ।     

सिटीले सान्चो १४ वर्षको हुँदा वाटफोर्डबाट मात्र ६६ हजार पाउण्डमा आफ्नो क्लब भित्राएको थियो । सन् २०१७ मा सिटीले उनीसँगको सम्झौता थप्ने प्रयास गरे पनि सान्चोले सिटी छाड्ने जनाए पछि उनलाई डर्टमण्डले आफ्नो क्लबमा भित्राएको थियो ।   

 लेफ्ट विङ सान्चोले सन् २०२०-२१ को सिजनमा डर्टमण्डको लागि कुल ३८ खेल खेल्दै १६ गोल र २० असिस्ट गरेका थिए ।  

Click to comment

Trending