Headline

गोपीलाई किन ओलम्पिक्समा छनौट हुनु भयो भनियो? किन तैयारी गराइयो?

Published

on

झण्डै सात महिना अगाडी नेपालगञ्ज म्याराथन बिजेता बनेपछि नेपाल एपिएफ क्लबका लामो दुरीका धावक गोपी चन्द्र पार्कीलाईउनी टोकियो ओलम्पिक्समा छनौट भएको बिश्वस्त गरायो ।

नेपाल ओलम्पिक कमिटीले उक्त प्रतियोगिताको बिजेताले नै ओलम्पिककोएथ्लेटिक्समा युनिभर्सालीटी कोटा अन्तर्गत खेल्न पाउने बताएको थियो । नेपालगञ्जमा बिजयी भएपछि गोपीले ओलम्पिक्सका लागि तैयारी पनि गर्दै आएका थिए, बिश्व खेलकुदको महाकुम्भमा नेपालको झण्डामा सहभागी हुने उत्साहका साथ ।

तर बिहिवार पार्कीको उत्साह निराशामा बदलियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघले संयुक्त बिज्ञप्ति निकाल्दै नेपालको लागि ओलम्पिक्समा म्याराथनमा कुनै कोटा नै नछुट्याइएको जानकारी दिए ।

नेपाललाई एथ्लेटिक्सको १ सय मिटर दौड अन्तर्गतको कोटा परेको जानकारी गराउदै तीन वटै निकायले अब सरस्वती चौधरीले ओलम्पिक्समा प्रतिस्पर्धा गर्ने जानकारी तीन वटै खेलकुद निकायले संयुक्त रुपमा बताएका छन् ।

“युनिभर्सालिटी प्लेस मार्फत ओलम्पिकमा सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुंदा म्याराथनको हकमा कोटाभन्दा बढी आवेदन परेको हुंदा नेपाललाई म्याराथनमा नभई एथ्लेटिको १०० मिटर दौडमा कोटा छुट्याइएको जानकारी प्राप्त भएको थियो। यस सम्बन्धमा नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघले सम्बन्धित निकायहरुमा पार्कीको सहभागिताका लागि अथक प्रयास गरेको थियो,” संयुक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालगञ्ज म्याराथनको च्याम्पियन बनेपछि नै उनलाई ओलम्पिक्समा सहभागित गराइने बिश्वस्त गराइएको थियो

अब यहा प्रश्न आउछ सात महिना अगाडी को । जब कोटाको बारेमा नेपाल ओलम्पिक कमिटी आफू निश्चित नै थिएन भने पार्कीलाई किन उनी छनौट भएको भनियो ? किन उनलाई अभ्यास गराई ओलम्पिक्सका लागि तैयार गरियो ?

कोरोनाका कारण ओलम्पिक्स पछि सर्दा प्रशस्तै समय रहेको स्थितिमा पनि ओलम्पिक कमिटी र एथ्लेटिक्स संघ नेपालको कोटाको बारे कसरी स्पष्ट हुन सकेनन् ।

ओलम्पिक्स शुरु हुन अब जम्मा २२ दिन मात्रै बाकी छ । के सरस्वती यति छोटो समयमै ओलम्पिक्सको लागि तैयार हुन सक्छिन् ? खेल र खेलाडीलाई लिएर यो कस्तो खेलाचीं हो ?

स्तब्ध पार्कीमाथि अन्याय त भएकै छ तर यसले सबैभन्दा ठूलो प्रभाव उनको मनस्थितिमा पर्ने स्पष्ट छ । हरेक खेलाडीको सपना रहेको हुन्छ, ओलम्पिक्सको सहभागिता । त्यो सपना पुरा गरेको पार्कीले देखि पनि सकेका थिए ।

सपना देखाएर ओलम्पिक्स शुरु हुन भन्दा एक महिना कम रहेको स्थितिमा ‘तपाईको सहभागिता नहुने भयो’ भनिदिदा पार्की पुरानै मनोभावमा आफ्नो करिअर अघि बढाउन सक्लान ?

Click to comment

Trending