राष्ट्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचरको सम्मान 

Published

on

गत वैशाखमा टियु क्रिकेट मैदानमा आयोजना भएको नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचर सम्मान गरेको छ ।  

शृंखलामा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो । जसका कारण नेपाली टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरूप नेपाली टोलीलाई नगद रु. ५ लाख सहित सम्मान गरेको हो ।  

त्यस्तै उक्त त्रिकोणात्मक शृंखलामा डेब्यु गरेका चारजना खेलाडी – कुशल भुर्तेल, शाहब आलम, आसिफ शेख र कमल सिंह ऐरीलाई पनि जनही एक लाख प्रदान गरेको छ ।  माई सेकेण्ड टिचरले शृंखलाको फाइनलमा घोषणा गरेको भए पनि निषेधाज्ञाका कारण हाल आएर रकम हस्तान्तरण गरेको हो । 

समारोहका बीचमा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालमा आयोजित त्रिकोणात्मक शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा अझै राम्रो प्रदर्शन गर्दै जाने बताए ।  

त्यस्तै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपाल टोलीको घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन देख्दा निकै नै गर्वशाली महसुस भएको जनाए । त्यस्तै उनले आगामी दिनमा पनि क्रिकेट टोलीले नेपाल र नेपालीको सान बढाउनेमा आशावादी रहेको पनि बताए ।

Click to comment

Trending