Headline

मोउरिन्होलाई बर्खास्त गरेको ७२ दिन पछि टोटनह्यामले पायो नयाँ प्रशिक्षक

Published

on

होजे मोउरिन्होलाई बर्खास्त गरेको ७२ दिन पछि टोटनह्यामले आफ्नो नयाँ प्रशिक्षक भित्र्याएको छ । टोटनह्यामले प्रशिक्षकको रुपमा नुनो एस्प्रितो सान्टोलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

मोउरिन्होको बर्खास्ती पछि ११ प्रशिक्षकहरुलाई भित्र्याउन खोजेको टोटनह्यामले अन्तिममा नुनोलाई बिकल्पको रुपमा लिँदै क्लब भित्र्याएको हो । एन्टोनियो कोन्टेलाई प्रशिक्षकको रुपमा भित्र्याउन खोजेको टोटनह्यामले अन्तिम समयमा उनको तलब र भात्ता धेरै भएका कारण सम्झौता दिएको थिएन । त्यस पछि रोमाका पुर्व प्रशिक्षक पाउलो फोन्सेकालाई भित्राउन खोजेको टोटनह्यामले उनीसँग पनि अन्तिम समयमा सम्झौता गर्न सकेको थिएन ।

जेनारो गाट्टुसोसँग पनि अन्तिम समयमा सम्झौता हुन नसक्दा टोटनह्यामले अर्को प्रशिक्षकलाई भित्र्याउन असफल भएको थियो । गट्टुसो पछि सेभियाका जुलेन लोप्पेटेगुइले टोटनह्यामको प्रस्तावलाई नकारेका थिए । यस्तै आयाक्सका प्रशिक्षक एरिक टेन हेगलाई पनि टोटनह्याम भित्र्याउन असफल भएको थियो । एक पटक फेरी मोउरुसियो पोच्चेटिनोलाई भित्र्याउन खोजे पनि टोटनह्याम कहिले सफल हुन सकेन् ।

२००८ मा लिग कप जिते यता कुनै उपाधि जित्न नसकेको टोटनह्याम अझै सफलताको भोको रहेको छ । नुनोलाई उपाधि जिताउने प्रशिक्षकको रुपमा हेरिदैन तर उनले आफुले चाहेको टोली बनाउन पाउने हो भने टोटनह्यामलाई उपाधि दिलाउन सक्ने छन् ।

Click to comment

Trending