Headline

२८ बर्षपछि फिनिक्स सन्स एनबिएको फाइनलमा

Published

on

क्रिस पउल आफ्नो १६ बर्षे एनबिए करिअरमा पहिलो पटक फाइनल खेल्ने तयारीमा देखिन्थे तर उनको प्रदर्शनले अब भने फिनिक्स सन्सलाई इतिहासकै पहिलोउपाधि नजिक पुर्याएको छ ।

वेष्टर्न कन्फेरेन्सको गेम सिक्समा लस एन्जलस क्लिपर्सलाई १३०-१०३ ले पराजित गर्दै सन्स १९९३ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्यो । एक दशक प्लेअफमा पुग्न असफल हुदै फाइनल पुग्ने पनि सन्स पहिलो टोली बनेको छ ।

फाइनलमा अब सन्सले इस्टर्न कन्फेरेन्स फाइनल्सको बिजेतासंग खेल्नेछ । इस्टर्न कन्फेरेन्स फाइनल्समा अहिले एट्लान्टा हक्स र मिलवाउकी बक्स २-२ को बराबरीमा रहेका छन् । फाइनल जुन टिम पुगेपनि सन्सलाई होम कोर्टको फाइदा भने रहनेछ ।

सन्सको पुनरागमन जितमा पउलको प्रदर्शन प्रमुख रह्यो । उनको ४१ पोइन्टको प्रदर्शनमा आठ असिस्ट, चार रिबाउन्ड र तीन स्टिल रहेको थियो । पहिलो हाफ आफ्नो पक्षमा पारेको सन्सले ९ अंकको अग्रता लिएको थियो । त्यसलाई उसले तेश्रो क्वार्टरको अन्त्यसम्ममा १७ अंकमा लम्ब्याएको थियो ।

तर क्लिपर्स खेलमा फर्कदै त्यसलाई ७ अंकसम्म भार्न सफल भएको थियो । तर पउलले ८ अंक स्कोर गर्दै क्लिपर्सलाई रोकेपछि सन्सको अग्रता २८ अंक भएपछि खेल सन्सको पकडमा आएको थियो ।

प्रमुख खेलाडी कवाही लेनर्डसंगै सेन्दर सर्ज इबाका र इभिका जुबाकलाई गेम सिक्सको लागि गुमाएको क्लिपर्सका लागि मार्कस मोरिस सिनियरले सर्वाधिक २६ अंक र ९ रिबाउण्डको प्रदर्शन गरेका थिए । पउल जर्ज २१ अंकमै सिमित भएका थिए ।

Click to comment

Trending