Headline

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण एक हप्ता पछि सर्यो

Published

on

नेपाली राष्ट्रिय टोलीको जुलाई १ देखी हुने भनिएको बन्द प्रशिक्षण एक हप्ता पछि सर्दै जुलाई ७ देखी हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार प्रविधिक कारणले गर्दा राष्ट्रिय टोलीको प्रशिक्षण केही दिन सर्न पुगेको हो । नेपाली टोलीले एसियन कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनशिपका लागि तयारी गर्नका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडी बन्द प्रशिक्षणमा बोलाएका थिए ।

एन्फा कम्प्लेक्सको मैदानमा ५० खेलाडीलाई दुई समुहमा बिभाजन गरी बिहान र बेलुका प्रशिक्षण गराउने एन्फाले जनाएको थियो ।

 

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका ५० खेलाडीः

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार,दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा,गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का,नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल,रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखि, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल,सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ

Click to comment

Trending