Euro 2020

बेल्जियमलाई इटालीबिरुद्ध डि ब्रुन र हजार्ड नहुने चिन्ता

Published

on

बेल्जियमलाई युरो कप अन्तगर्तत इटाली बिरुद्धको क्वार्टर फाइनलका लागि आफ्ना दुई प्रमुख स्टार खेलाडीहरु केभिन डि ब्रुन र एडेन हजार्डको डरले सताएको छ ।

थोर्गन हजार्डको गोलमा डिफेन्डिंग च्याम्पियन पोर्चुगललाई नकआउट गरेको बेल्जियमका लागि उनको दाई एडेन र डि ब्रुनको चोट टाउको दुखाई बनेको छ । इटाली र बेल्जियम दोश्रो क्वार्टर फाइनलमा शनिबार राति म्युनिखमा खेल्न गइरहेका छन् ।

गोलीगांठोमा चोट लागेपछि डि ब्रुन पोर्चुगलबिरुद्धको अन्तिम १६ खेलको दोश्रो हाफको शुरुवातमै बाहिरिएका थिए भने कप्तान हजार्डखेलको अन्त्यमा ह्यामस्ट्रिंगको समस्याले तिघ्रा समात्दै निक्लिएका थिए ।

बुधबार अभ्यासमा पनि नगएका दुवै खेलाडीका लागि मेडिक स्टाफहरुले शुक्रबारको खेलको लागि तैयार गर्न संघर्ष गर्दैछन् ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले दुवै खेलाडी इटालीबिरुद्धको खेलका लागि शत प्रतिशत फिट नहुने स्विकार गरेपनि हरेक दिन सकेसम्म तैयार पार्नका लागि प्रयोग गर्ने बताएका छन् ।

म्यानचेस्टर सिटी मिडफिल्डर डि ब्रुन बेल्जियमको सेमिफाइनल पुग्नका लागि आशाका केन्द्र हुन् । यो खेलको बिजेताले मंगलवार सेमिफाइनलमा स्पेन अथवा स्विट्जरल्याण्डको सामना गर्नेछ ।

मार्टिनेजले आकस्मिक रुपमा मिडफिल्डमा बिकल्पहरु खोजिरहेका छन् । हजार्डको स्थान एट्लेटिको म्याड्रिडका यानिक कारास्को र डि ब्रुनको ठांउमा नापोलीका ड्रायस मेर्टेन्स खेल्न सक्छन् ।

Click to comment

Trending