Headline

साल्जबर्गका डका लेस्टरमा 

Published

on

अष्ट्रियन बुन्डेसलिगा टोली रेड बुल साल्जबर्ग का युवा स्ट्राइकर इङ्ग्लिश प्रिमियर लिग क्लब लेस्टर सिटी जाने भएका छन् ।

२२ वर्षीय जाम्बियाका डकालाई लेस्टरले २३ मिलियन पाउण्डमा पाँच वर्षको लागि आबद्ध गरेको हो ।    

यस अघि टोटनह्याम र लिभरपुलले पनि डकालाई अनुबन्ध गर्नका लागि प्रयास गरेका भए पनि उनले लेस्टरसँग आबद्ध हुने निर्णय लिएका हुन् । पहिलो रोजाईमा नै खेलाउने शर्त सहित आफ्नो क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।   

“म इंग्ल्यान्ड जाँदै छु र मैले लेस्टरसँग सम्झौता गरेको छु,” डकाले भने । “साल्जबर्ग मेरो दोश्रो घर हो र यहाँ बस्दाको मेरो समय निकै राम्रो रह्यो । म फेरी यहाँ फर्कन पाएको खण्डमा निकै खुशी हुनेछु । र प्रिमियर लिग सधैं मेरो सपना रहेको थियो ।” 

अघिल्लो सिजन साल्जबर्गले उपाधि जित्दा उनले २८ खेलमा २७ गोल गरेका थिए । सन् २०१७ मा युवा टोलीमा आबद्ध भएका डकाले सन् २०१९ मा साल्जबर्गको पहिलो टोलीमा डेब्यु गरे देखि हाल सम्म कुल ६८ गोल गरेका छन् ।

डका एर्लिङ हालान्ड, सादियो माने र ताकुमी मिनामिनो जस्तै साल्जबर्गबाट आफ्नो व्यवसायिक खेल जीवन सुरु गरेर ठुला लिग खेल्न लागेका हुन् । 

 

Click to comment

Trending