Headline

भियरा क्रिस्टल प्यालेसको नयाँ प्रशिक्षक नियुक्त 

Published

on

प्याट्रिक भियरा इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसको नयाँ प्रशिक्षक नियुक्त हुने भएका छन् । भियरा र क्रिस्टल प्यालेस बीच सम्झौता भइसकेको भने छैन तर पनि दुबै टोली यसका लागि सहमत भएका छन् ।

फ्रान्सका पुर्व राष्ट्रिय खेलाडी भियराको लागि क्रिस्टल प्यालेसले वर्क पर्मिटका लागि पनि आवेदन दिएको छ ।      

पछिल्लो डिसेम्बर देखि कुनै पनि क्लबमा आबद्ध नभएका ४५ वर्षीय भियराले तीन वर्षको सम्झौता गर्न लागेका हुन् । क्रिस्टल प्यालेसले आगामी सोमबारबाट नयाँ सिजनको लागि अभ्यास सुरु गर्दैछ भने भियरा त्यस समय सम्ममा टोलीमा आबद्ध हुने छन् ।  

गत सिजनको अन्त्यसँगै रोय हडसनको सम्झौता सकिए पछि क्लब प्रशिक्षक बिहिन रहेको छ । त्यसैले पनि क्रिस्टल प्यालेसले भियारासँग कुरा अगाडि बढाएको हो भने छिटै नै पुर्व आर्सनल खेलाडीलाई आफ्नो क्लबको प्रशिक्षक नियुक्त गरेको घोषणा गर्नेछ ।  

भियारा भन्दा अगाडि क्रिस्टल प्यालेसले उल्भरह्यामटनका पुर्व म्यानेजर नुनो एस्पिरिटो सान्तो र डर्टमण्डका लुसेन फाभरसँग पनि कुरा गरेको थियो । सान्तोको माग क्लबले पुरा गर्न सकेन भने कुरा मिलिसकेको भए पनि लुसेनले अन्तिम समयमा आफ्नो निर्णय परिवर्तन गरेका थिए ।   

फ्रान्सको लागि १०७ क्याप जितेका भियराले सन् २०१८ सम्म मेजर लिग सकर (एमएलएस) टोली न्युयोर्क सिटी सम्हालेका थिए । 

 

Click to comment

Trending