Headline

राफा बेनिटेज एवर्टनको प्रशिक्षक

Published

on

प्रिमयर लिग क्लब एवर्टन राफायल बेनिटेजलाई क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

बेनिटेज र एवर्टन बिच वुधबार ३ वर्षको सम्झौतामा हस्ताक्षर पनि भएको छ ।

रियल मड्रिड,लिभरपुल, चेल्सी, इन्टर मिलान, नापोली, भ्यालेन्सिया जस्तो क्लबसँग काम गरिसकेका बेनिटेजले एवर्टनलाई नयाँ उचाइमा पुर्याउने क्लबले बिज्ञप्तीमा लेखेको छ ।

कार्लो एन्सोलोटीले एवर्टन छोड्दै रियल म्याड्रिड गए पछि मर्सीसाइड टोलीमा प्रशिक्षकको पद खाली रहेको थियो । उक्त प्रशिक्षक पदका लागि धेरै प्रशिक्षक हियर पनि अन्तिममा एवर्टनले बेनिटेजलाई मुख्य प्रशिक्षक बनाएको हो ।

बेनिटेजलाई एवर्टनले २०२५/२०२६ सिजन सम्मको सम्झौता दिएको छ । उक्त सिजनहरुमा राम्रो गर्न सके उनलाई अझै दुई वर्ष थप एवर्टनमा राख्न मिल्ने सम्झौता क्लबले बनाएको छ ।

Click to comment

Trending