Headline

सम्झौता बिहिन हुँदै मेस्सी

Published

on

अर्जेन्टिनी स्ट्राइकर कप्तान लियोलन मेस्सी र स्पेनिस क्लब बार्सिलोनाबीचको सम्झौता जुन ३० मा सकिँदै छ । ३४ वर्षीय मेस्सी र बार्सिलोनाबीच अन्तिम पटक भएको सम्झौता जुन ३०, २०२१ सम्मको रहेको थियो ।

लियोनल मेस्सी र बार्सिलोना बिच बिग्रिदै गएको सम्बन्धका कारण अझै पनि केही टुङ्गो लाग्न सकेको छैन । मेस्सी र बार्सिलोनाको २०१८ देखी चिसिएको सम्बन्धले अघिल्लो सिजन छुट्टै रुप लिग पुगेको थियो जब मेस्सीले क्लब छोड्ने घोषणा गरेका थिए । तर, अझै पनि दुवै पक्ष एकअर्कालाई सम्झौताका लागि दोष दिदै आएका छन् ।

मेस्सीका एजेन्ट पनि रहेका उनका बुवा जर्ज मेस्सीका अनुसार मेस्सीलाई बार्सिलोनाले अहिले सम्म पनि कुनै सम्झौताको लागि बोलाएको छैन् । मेस्सीले आफ्नो नयाँ सम्झौतामा हुनु पर्ने कुराहरु सबै क्लबलाई बताएका छन् तर पनि उनले कुनै सम्झौता नपाएको उनको बुवाले भनेका थिए । बार्सिलोनाका अध्यक्ष जुवान लापोर्टा र जर्ज मेस्सीबीच नयाँ सहमतिको विषयलाई लिएर पटक–पटक छलफल गर्दै आइरहेका छन् ।

अघिल्लो सिजन बार्सिलोनाका पुर्वअध्यक्ष जोशेप बोर्तेमेउ सँगको किचलो पछि मेस्सीले अन्तत: बार्सिलोनामै खेल्ने निर्णय लिएका थिए तर अहिले भने उनको सम्झौता अन्तिम समयमा पुगेको छ । हाल कोपा अमेरिका खेल्दै गरेका मेस्सीले आफ्नो बार्सिलोनासँगको सम्झौता बारे केही खुलाएका छैनन् ।

Click to comment

Trending