Euro 2020

स्विडेनलाई सनसनीपूर्ण खेलमा हराउदै युक्रेन युरो कपको क्वार्टर फाइनलमा

Published

on

स्विडेनमाथि अतिरिक्त समयमा २-१ को सनसनीपूर्ण जित हात पार्दै युक्रेन युरो कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

दुवै टोलीबीच ग्लास्गोमा भएको खेल निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको इन्जुरी समयमा आर्टेम डोभिकले ओलेकजेण्डर जिन्चेन्कोको क्रसमा सुन्दर हेडर गोलमा अन्तिम ८ मा प्रवेश गर्यो ।

मार्कस ड्यानिल्सनले आर्टेम बिसेडिन माथि घातक फउल गर्दा भिडियो असिस्टेन्ट रेफ्रि मार्फत रेड कार्ड दिइएपछि स्विडेनले झण्डै पुरै अतिरिक्त समय १० खेलाडीमा सिमित भएर खेलेको थियो ।

२७ औं मिनेटमा कप्तान आन्द्रे यार्मोलेन्कोले निकालेको सुन्दर असिस्टमा जिनचेन्कोले नै सशक्त प्रहार गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । जिनचेन्कोको प्रहारमा स्विडिस गोलकिपर रोबिन ओल्सेनले हात लगाएपनि बललाई रोक्न असफल रहेका थिए ।

लगत्तै युक्रेनलाई बराबरी गोल खानबाट गोलकिपर जर्ज बुस्चानले बचाए । उनले फुल लेन्थ डाइभ हान्दैसेबास्चियन लार्सनले ३० यार्डबाट प्रहार गरेको घुमाउरो फ्रि किकलाई उत्कृष्ट ढंगले बचाएका थिए ।

पहिलो हाफको अन्त्यतिर स्विडेन खेलमा फर्किएको थियो । एमिल फोस्बर्गले एलेक्जेण्डर इसाकको असिस्टमा बक्स बाहिरबाट प्रहार गरेको बल युक्रेनी डिफेन्डरबाट डिफ्लेक्ट हुदै गोल भएको थियो । फोस्बर्गको जारी युरोमा यो चौथो गोल हो ।

निकै प्रतिस्पर्धात्मक शुरुवात भएको दोश्रो हाफमा युक्रेनका मिकोला सापारेन्को र स्विडेनका फोस्बर्गको प्रहारहरु पोस्टमा लागेको थियो । ६५ औं मिनेटमा डेजान कुलुसेम्स्कीको प्रहारलाई बुस्चानले सुन्दर बचाउन गरेका थिए । लगत्तै फोस्बर्गले बक्स बाहिरबाट गरेको घुमाउरो प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

Click to comment

Trending