Headline

सुनिल बल मच्छिन्द्र क्लबमा

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका फर्वार्ड सुनिल बललाई मच्छिन्द्र क्लबले नयाँ सिजनको ए डिभिजन लिगको लागि अनुबन्धन गरेको छ ।

असोज ३ गतेबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग गराउने बताएको छ । सुनिलले नयाँ सिजन मच्छिन्द्र क्लबबाट खेल्ने छन् । सुनिलले अघिल्लो सिजनको ए डिभिजन लिग च्यासलबाट खेलेका थिए । त्यस अघि सुनिलले थ्री स्टार क्लबबाट ए डिभिजनमा डेब्यु गरेका थिए ।

मच्छिन्द्रले अन्य खेलाडीहरुमा भने अघिल्लो सिजनकै धेरै खेलाडीहरुको सम्झौता नविकरण गरेको छ । मच्छिन्द्रले अघिल्लो सिजन ठुलो नाम झिकौँउदै आफ्नो ईतिहासको पहिलो ए डिभिजन लिगको उपाधि जितेको थियो ।

सुनिल बल राष्ट्रिय टोलीका पनि महत्वपूर्ण खेलाडी हुन् । सुनिलको प्रदर्शन थ्री नेसन्स कप र नेपाल सुपर लिगमा पनि उत्कृष्ट रहेको थियो ।

Click to comment

Trending