Euro 2020

नेदरल्याण्ड्सले गर्‍यो डि बोयरलाई बर्खास्त

Published

on

नेदरल्यान्ड्सले फुटबल टिमका मुख्य प्रशिक्षक फ्रान्क डी बोयर बर्खास्त गरेको छ । मङ्गलबार नेदरल्यान्ड्सले आधिकारिक रूपमा ५१ वर्षीय प्रशिक्षक डी बोयरलाई बर्खास्त गरेको बिज्ञप्ती निकालेको छ ।

नेदरल्यान्ड्स शनिबार राति अन्तिम १६ को खेलमा चेक रिपब्लिकसँग २–० गोलले पराजित भएसँगै युरो कप २०२० बाट बाहिरिएको थियो । युरो कपबाट बाहिरिएपछि नेदरल्यान्ड्सले प्रशिक्षक डी बोयरलाई बर्खास्त गरेको डच मिडियाहरुले लेखेको छन् ।

नेदरल्यान्ड्सबाट १४ वर्ष फुटबल खेलेका उनले अघिल्लो वर्षदेखि मात्र डच टोलीको नेतृत्व सम्हालेका थिए । उनले चेक रिपब्लिकको खेल अघी आफ्नो टोलीले युरो कपको फाइनल खेल्ने बताएका थिए । तर, चेक रिपब्लिक विरुद्धको खेलमा डच टोलीले एक प्रहार पनि फ्रेममा पार्न सकेको थिएन ।

डि बोयरले क्रिस्टल प्यालेस र आयक्स जस्ता फुटबल क्लबहरुको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

Click to comment

Trending