अन्तर्राष्ट्रिय

रुटको अविजित अर्धशतकमा इंग्ल्यान्ड विजयी 

Published

on

बलिङमा क्रिस वक्स र ब्याटिङमा जो रुट चम्किए पछि घरेलु टोली इंग्ल्यान्डले पहिलो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ । यो सँगै इंग्ल्यान्डले तीन खेलको शृंखलामा १-० को पनि अग्रता लिन सफल भएको छ ।  

१८६ रनको सानो लक्ष्य सहित ब्याटिङमा आएको इंग्ल्यान्डले ३४ दशमलब पाँच ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

इंग्ल्यान्डको जितमा अविजित रहेका रुटले सर्वाधिक ७९ रन बनाए । एकदिवसीयमा ६ हजार रन पुरा गरेका रुटले ८७ बलको सामना गर्दै चार चौका प्रहार गरे । रुट बाहेक इंग्ल्यान्डको लागि ओपनर जोनी बैरस्टोले २१ बलमा ४३ तथा मोएन अलीले २८ रनको योगदान दिए ।     

श्रीलंकाका दुश्मन्था चमेराले तीन विकेट हात पारे । 

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १८५ रन बनाउन सक्यो ।   

श्रीलंकाको तर्फबाट ओपनिङमा आएका कप्तान कुसल परेराले सर्वाधिक ७३ रन बनाए भने पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका वानिन्दु हसरंगाले ५४ तथा चमिका करुणारत्ने  अविजित १९ रनको पारी खेले भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर पथुम निसंका पाँच, चरिथ असलंका शून्य तथा दासुन शनाका एक रनमा आउट हुँदा खराब सुरुवात गरेको श्रीलंकाको लागि परेराहसरंगाले चौथों विकेटका लागि ९९ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । तर ६५ बलमा छ चौका र एक छक्का प्रहार गरेका हसरंगा क्रिस वक्स र ८१ बलमा सात चौका हिर्काएका कप्तान परेरा डेभिड विलीको बलमा आउट भए पछि श्रीलंका सम्हालिन सकेन ।

श्रीलंकालाई सस्तोमा समेट्ने क्रममा इंग्ल्यान्डका क्रिस वक्सले १० ओभर बलिङ गर्दै पाँच मेडन ओभर सहित मात्र १८ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने डेभिड विलीले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।   

 

Click to comment

Trending