अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड भ्रमणमा श्रीलंकाको खराब प्रदर्शन जारी, पहिलो एकदिवसीय खेलमा मात्र १८५ मा समेटियो 

Published

on

इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले आफ्नो खराब ब्याटिङ प्रदर्शन जारी राखेको छ । तीन खेलको ट्वान्टी ट्वान्टी शृंखलामा ह्वाइट वास भएको श्रीलंका पहिलो एकदिवसीय खेलमा मात्र १८५ रनमा समेटिएको छ । 

क्रिस वक्स र डेभिड विलीले घातक बलिङ गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १८५ रन बनाउन सक्यो ।   

श्रीलंकाको तर्फबाट ओपनिङमा आएका कप्तान कुसल परेराले सर्वाधिक ७३ रन बनाए भने पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका वानिन्दु हसरंगाले ५४ तथा चमिका करुणारत्ने  अविजित १९ रनको पारी खेले भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर पथुम निसंका पाँच, चरिथ असलंका शून्य तथा दासुन शनाका एक रनमा आउट हुँदा खराब सुरुवात गरेको श्रीलंकाको लागि परेराहसरंगाले चौथों विकेटका लागि ९९ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । तर ६५ बलमा छ चौका र एक छक्का प्रहार गरेका हसरंगा क्रिस वक्स र ८१ बलमा सात चौका हिर्काएका कप्तान परेरा डेभिड विलीको बलमा आउट भए पछि श्रीलंका सम्हालिन सकेन ।

श्रीलंकालाई सस्तोमा समेट्ने क्रममा इंग्ल्यान्डका क्रिस वक्सले १० ओभर बलिङ गर्दै पाँच मेडन ओभर सहित मात्र १८ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने डेभिड विलीले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए । 

Click to comment

Trending