Headline

कोपा अमेरिका: मेस्सीको उत्कृष्ट प्रदर्शन पछि अर्जेन्टिना समुह बिजेता

Published

on

सुपरस्टार लियोनल मेस्सीले दुई गोल गरेपछि अर्जेन्टिना कोपा अमेरिकामा बोलिभियालाई ४-१ को फराकिलो अन्तरले हराउदै समुह ए मा शिर्ष स्थानमा कब्जा गर्दै क्वार्टर फाइनल प्रवेश गरेको छ ।

यसअघि नै अन्तिम ८ मा प्रवेश गरिसकेको अर्जेन्टिना समुह चरणमा अपराजित रहदै १० अंकका साथ शिर्ष स्थानमा सक्कायो । क्वार्टर फाइनलमा अब अर्जेन्टिनाले शनिबार इक्वेडरको सामना गर्छ । इक्वेडर समुह बी मा चौथो स्थान हात पारेको टोली हो ।

समुह बी को बिजेता ब्राजिलले भने चिलीको सामना गर्नेछ । अर्को खेलमा एडिन्सन काभानीको पेनाल्टीमा उरुग्वे पाराग्वेलाई १-० ले हराउदै समुह ए मा दोश्रो भयो । उरुग्वेले क्वार्टर(फाइनलमा कोलम्बियाको सामना गर्नेछ । पाराग्वेले समुह ए को दोश्रो टोली पेरुसंखग खेल्नेछ ।

जित बिहिन घर फर्किरहेको बोलिभियालाई मेस्सीको क्लासले ध्वस्त पारेको थियो । उनले अर्जेन्टिनाका लागि किर्तिमानी १ सय ४८ खेल खेल्ने क्रममा एक असिस्ट पनि गरेका थिए ।

खेलसंगै प्रमुख प्रतियोगिताहरुमा ४० भन्दा बढी गोल र असिस्ट गर्ने मेस्सी इतिहासका एक मात्र खेलाडी पनि भएका छन्।

मेस्सीले अर्जेन्टिनाका लागि सबैभन्दा बढी खेल खेलेका जाभियर मासेरानोको किर्तिमान तोडेका थिए । र उनको चिप पासमा पपु गोमेजकोभलिले बोलिभिया गोलकिपर कार्लोस लम्पेलाई बिट गर्दै गोल भएको थियो ।

लम्पेले त्यसअघि लगालग सर्जियो अगुएरो र एन्जल कोरिआको प्रहार बचाएका थिए । ३३ औं मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बन्यो । गोमेजलाई डिएगो बेजारानोले लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले गोल गरेका थिए ।

हाफ टाइम अघि नै मेस्सीले अर्जेन्टिनाका लागि बार्सिलोनाका नयां टिममेट अगुएरोको पासमा सुन्दर गोल गरेका थिए । बोलिभियाले ६० औं मिनेटमा एर्विन साभेद्राको गोलमा अन्तर कम गरेको थियो । त्यसको पांच मिनेट भित्रै लउटारो मार्टिनेजले चौथो गोल गरे।

Click to comment

Trending