Euro 2020

बिश्वकप बिजेता फ्रान्स आउट, एमबाप्पे पेनाल्टीमा चुके

Published

on

किलिनय एमबाप्पे पेनाल्टीमा चुकेपछि निकै नै रोमाञ्चक तथा सनसनीपूर्ण खेलमा बिश्व बिजेता फ्रान्सलाई टाई ब्रेकरमा ५-४ ले पराजित गर्दै स्विट्जरल्याण्ड युरो कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

कोपनहेगनमा स्पेनले क्रोएसियालाई ५-३ गोल अन्तरले पराजित गरेको केही घण्टामै युरो कपमा अर्को नाटकीय खेल भयो । निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै अतिरिक्त समय र टाई ब्रेकरमा धकेलिएको खेलमा फ्रान्सका स्टार खेलाडी एमबाप्पे चुक्न पुगे ।

स्विट्जरल्याण्डका पाचै खेलाडीले गोल गर्दाएमबाप्पेको प्रहारलाई स्विस किपर यान सोमरले डाइभ गर्दै छेकेका थिए ।

रोमानियाको राजधानी बुखारेस्टमा मारियो गाभ्रानोभिचले ९० औं मिनेटमा गोल गरेपछि स्विट्जरल्याण्डले ९ मिनेटभित्रै दुई गोल गर्दै खेललाई ३(३ को बराबरीमा रोक्दै अतिरिक्त समयमा धकेलेको थियो । किंग्स्ले कोमनको प्रहार क्रस बारमा लाग्दा फ्रान्स निर्धारित समयमै खेललाई आफ्नो पक्षमा पार्न चुकेको थियो ।

ह्यारिस सेफेरोभिचको गोलबाट अघि बढेको स्विटजरल्याण्डलाई अग्रता दोब्बर बनाउने अवसर थियो तर दोश्रो हाफमा रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न चुकेपछि बेन्जेमाले दुई गोल गर्दै फ्रान्सलाई उत्कृष्ट पुनरागमन गराएका थिए ।

१५ औं मिनेटमा स्विट्जरल्याण्डले अग्रता लिदै फ्रान्सलाई स्तब्ध बनायो । स्टेभन जुबरले दिएको क्रसमा सेफेरोभिचको हेडरले फुल लेन्थ डाइभ गरेका फ्रेञ्च गोलकिपर ह्युगो लोरिसलाई बिट गर्दै पोस्टको कुनाकोबाटो लिदै गोल भएको थियो ।

५५ औं मिनेटमा लोरिसले पेनाल्टी बचाउदै फ्रान्सलाई खेलमा कायमै राखेका थिए । जुबरलाई बक्स भित्र लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रिको सहयोगमा स्विट्जरल्याण्डलाई पेनाल्टी दिइएको थियो ।

लोरिसले रोड्रिगेजको पेनाल्टीलाई सही निर्णय लिदै दायातर्फ डाइभ गर्दै बल रोकेका थिए । लोरिसले बचाएको पेनाल्टी खेलको टर्निंग पोइन्ट नै बन्यो ।

लोरिसको बचाउपछि जुर्मुराएको फ्रान्सका लागि त्यसको दुई मिनेट भित्र बेन्जेमाले दुई गोल गर्दै सनसनीपूर्ण पुनरागमन गराएका थिए । दुवै गोलमा किलियन एमबाप्पेको भुमिका महत्वपूर्ण रह्यो ।

एमबाप्पेले निकालेको पासमा बेन्जेमाले बराबरी गोल गरे । दोश्रोमा एमबाप्पेको चतुर्याइपूर्ण ब्याक पासमा गोल लाइन नजिक पुगेका एन्टोइन ग्रिजमनले हाइ क्रस निकाल्दा बेन्जेमाले गोललाईनबाटै सहज हेडरमा फ्रान्सलाई अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा पउल पोग्बाले बक्स बाहिरबाट जारी युरो कपकै शान्दार गोल गर्दै फ्रान्सलाई जित नजिक पुर्याए । पोग्बाको प्रहार कर्ल हुदै डाइभ गर्दै गरेका स्विस गोलकिपर यान सोमरलाई बिट गर्दै टप कर्नरबाट सुन्दर गोलमा परिणत भएको थियो ।

तर सेफेरोभिचले ८० औं मिनेटमा फेरि अर्को गोल गर्दै स्विट्जरल्याण्डलाई खेलमा फर्काए । केभिन एमबाबुको क्रसमा सेफेरोभिचको हेडरलाई लोरिस रोक्न पूर्ण रुपले असफल रहेका थिए ।

ग्रानित जाकाले त्यसपछि दिएको थ्रु बलमा गाभ्रानोभिचले ९० औं मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए ।

Click to comment

Trending