Euro 2020

अर्को सनसनी: फ्रान्स र स्विट्जरल्याण्डको खेल पनि अतिरिक्त समयमा

Published

on

युरो कपको सनसनीपूर्ण रातको दोश्रो खेलमा फ्रान्स र स्विट्जरल्याण्डको अन्तिम १६ खेल पनि ३-३ को बराबरीमा टुंगिदा अतिरिक्त समयमा धकेलिएको छ ।

रोमानियाको राजधानी बुखारेस्टमा मारियो गाभ्रानोभिचले ९० औं मिनेटमा गोल गरेपछि स्विट्जरल्याण्डले ९ मिनेटभित्रै दुई गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको हो । निर्धारित समयको अन्तिम किकमा किंग्स्ले कोमनाको प्रहार क्रस बारमा लाग्दा फ्रान्स निर्धारित समयमै खेललाई आफ्नो पक्षमा पार्न असफल भएको छ ।

ह्यारिस सेफेरोभिचको गोलबाट अघि बढेको स्विटजरल्याण्डलाई अग्रता दोब्बर बनाउने अवसर थियो तर दोश्रो हाफमा रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न चुकेपछि बेन्जेमाले दुई गोल गर्दै फ्रान्सलाई उत्कृष्ट पुनरागमन गराएका थिए ।

पउल पोग्बाले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई जित नजिक पुर्याएपनि सेफेरोभिच र गाभ्रानोभिचले नाटकीय पुनरागमन गरेका थिए ।

Click to comment

Trending