Headline

भारतीय समर्थकको नजरमा किरण उत्कृष्ट गोलरक्षक

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भारतीय शिर्ष श्रेणीको आई-लिगमा अर्को व्यक्तिगत उपाधि हात परेका छन् ।

किरणले ‘फ्यान्स गोलकिपर अफ दि सिजन’ को उपाधि जितेका हुन् । उनले आई-लिगको हालैको सिजन १४ खेल खेल्दै सात खेलमा क्लिनशिट राखेका थिए । उनले आई-लिग भरी नै ५६ सटहरु बचाएका थिए ।

किरणले हालै भएको नेपाल सुपर लिगमा पनि धनगढी एफसीबाट खेल्दै उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । उनले त्यस अघि पनि एसियन प्लेयर अफ दि विकको उपाधि जितेका थिए ।

किरण चेम्जोङ आउने जुलाई १ देखी राष्ट्रिय टोलीको प्रशिक्षणमा रहने छन् ।

आई-लिगको सिजनमा पन्जाबले २२ अंक सहित चौँथो स्थानमा चित्त बुझाएको थियो । आई-लिग बिजेता भने गोकुलम केरेला एफसी भयो । गोकुलम र दोस्रो स्थान चर्चिल ब्रदर्स एफसीको बराबरी २९ अंक भए पछी गोलअन्तरको आधारमा गोकुलम च्याम्पियन भएको थियो ।

Click to comment

Trending