अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड भ्रमणमा रहेका डिकवेला, मेन्डिस र गुनथिलका निलम्बित 

Published

on

श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणमा रहेका निरोशन डिकवेला, कुसल मेन्डिस र धनुश्का गुनथिलकालाई निलम्बन गरेको छ । निलम्बनमा परेका उनीहरुलाई तत्काल इंग्ल्यान्डबाट घर पठाइने पनि श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

कोरोनाका कारण बायो बबलमा रहेका तीन जनाले बायो बबलको नियम तोड्दै घुम्न निक्लिएका थिए । सार्वजनिक भएको एक भिडियोमा मेन्डिस र डिकवेला देखा परेका थिए भने गुनाथिलका भिडियोमा देखा नपरेको भए पनि तीन जना सँगै घुम्न निक्लिएका थिए ।

खेलाडीहरुलाई केही स्थानमा जानका लागि छुट भए पनि सिटी सेन्टरमा जानका लागि भने छुट थिएन । तर तीन जनाले उक्त नियमको उल्लंघन गर्दै सिटी सेन्टर नै पुगेका थिए । त्यस्तै उनीहरुले मास्क नाकमा नलगाएर आफ्नो हातमा बोकेर हिँडेका थिए ।

डिकवेला, मेन्डिस र गुनथिलका राती अबेर आफू बसेको होटलमा फर्किएका कारण अन्य खेलाडीसँग भने सम्पर्कमा आएका छैनन् । जसले गर्दा एकदिवसीय शृंखला तोकिएकै समयमा आयोजना हुनेछ । 

हालै सम्पन्न तीन खेलको ट्वान्टी ट्वान्टीमा ३-० ले पराजित भएको श्रीलंकाले तीन खेलको शृंखला अन्तर्गतको पहिलो खेल मंगलबार खेल्ने छ ।   

 

Click to comment

Trending