Headline

असोज ३ बाट शहिद स्मारक ए डिभिजन लिग

Published

on

नेपाली फुटबलको शिर्ष श्रेणीको शहिद स्मारक ए डिभिजन लिग असोज ३ गते देखी सुरु हुने भएको छ । नेपाली फुटबल पिरामिडको उच्च श्रेणीको यो लिगको ४४ औँ संस्करण हुने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र १४ क्लबहरु बिच भएको बैठकले मिती निर्कर्ष निकालेको हो । खेलाडीहरुको दर्ता भने साउन १५ देखी सुरु हुने छ ।

शहीद स्मारक ए डिभिजन लिगको साविक बिजेता मच्छिन्द्र क्लब हो । यस्तै मनाङ मर्स्याङ्दी आठ उपाधि सहित लिगको अहिले सम्मको सफल क्लब मनिन्छ ।

अघिल्लो वर्ष कोरोना भाईरसका कारण लिग हुन नसके पनि यो वर्ष भने ६ महिनाको लिग गर्ने एन्फाको प्रस्ताव राखेको थियो । ए डिभिजन लिगमा १४ क्लबहरु रहेका छन् । सातदोबाटो युथ क्लब पहिलो पटक ए डिभिजनमा खेल्ने छ ।

Click to comment

Trending