Euro 2020

क्रोएसियाको सामना गर्न स्पेन तयार, फ्रान्सलाई स्विट्जरल्याण्डको चुनौति

Published

on

युरो कप अन्तिम १६ को पाँचौँ खेलमा क्रोएसियाले स्पेनको सामना गर्दै छ । यस्तै दिनको दोस्रो खेलमा २०१६ को उपविजेता फ्रान्सले स्विट्जरल्याण्ड विरुद्ध खेल्दै छ ।

क्रोएसिया भर्सेस स्पेन

समुह डि बाट दोस्रो हुँदै अन्तिम १६ को लागि छनोट भएको क्रोएसियाको लागि स्पेनको चुनौती निकै ठुलो हुने छ । स्पेनले आफ्नो समुहको पहिलो दुई खेल बराबरी खेले पनि अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो । स्पेन गोल गर्न नसकी आलोचनाको शिकार बन्दै गर्दा उसले अन्तिम खेलमा स्लोभाकियालाई पांच गोल ठोकेको थियो ।

पछिल्लो छ खेलहरुमा अपराजित रहे पनि स्पेनले तीन बराबरी मात्रै खेलेको छ । क्रोएसिया भने दुई खेलमा पराजित रहेको छ । इभान पेरिसीकलाई कोरोना भाईरसका कारण गुमाइसकेको क्रोएसियाका लागि स्पेन विरुद्धको खेल सहज भने हुने छैन । एल्भारो मोराटाले गोल गर्न नसकेको खण्डमा स्पेनिस प्रशिक्षक लुइस इन्रिक्वेले फेरान टोरेस र जेराड मोरेनोको जोडीलाई यो खेलमा प्रयोग गर्न सक्ने छन् ।

२०१६ युरो मा अन्तिम १६ मा इटलीसँग २-० ले पराजित भएको स्पेनलाई २०१२ पछि क्वार्टरफाइनल पुग्न सक्ने छ । खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

स्विट्जरल्याण्ड भर्सेस फ्रान्स

समुह चरणको अन्तिम खेलमा टर्की विरुद्ध ३-१ को जित निकाल्दै तेस्रो भएको स्विट्जरल्याण्डको टोली उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो । फ्रेन्च टोली भने आफ्नो अन्तिम दुई खेल बराबरी खेले पनि दोस्रो हुँदै अन्तिम १६ मा पुगेको थियो । २०१६ को उपबिजेता र २०१८ विश्वकपको बिजेता फ्रेन्च टोली यो पटकको पनि उपाधि दावेदार हो ।

फ्रान्सको पछिल्लो छ खेलमा दुई बराबरी खेले पनि अपराजित रहेको छ । खस्किदो फम भए पनि फ्रेन्च टोलीलाई स्विट्जरल्याण्ड विरुद्ध भने राम्रो नतिजा ल्याउने टोलीको रुपमा हेरिएको छ । स्विट्जरल्याण्डको पछिल्लो छ खेलको नतिजा हेर्दा इटालीसँग मात्र पराजित रहेको छ । स्विट्जरल्याण्डका लागि सबै खेलाडी फिट रहेका कारण पुरानै शुरुवाती ११ खेलाउने सम्भावना छ । फ्रेन्च टोलीका लागि भने डिफेन्समा समस्या देखिएको छ । लुकास डिग्ने पोर्चुगल विरुद्धको खेलमा चोट बोक्न पुगे पछि उनको स्थानमा एद्रिएन राबिओट खेल्न सक्ने छन् ।

२०१६ युरो मा पोल्याण्ड विरुद्ध पेनाल्टीमा पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको स्विट्जरल्याण्डका लागि फ्रान्स ठुलो प्रतिद्वन्धी पक्कै हो तर फ्रान्सलाई स्विट्जरल्याण्डले चुनौती दिन नसक्ने भने छैन । खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

फेरान टोरेस, स्पेन

 

स्टेवेन जुबेर, स्विटजरल्याण्ड 

Click to comment

Trending