Euro 2020

बेल्जियमलाई ठुलो झड्का, कप्तान हजार्ड घाइते

Published

on

आइतबार सम्पन्न युरो कपको अन्तिम १६ को खेलमा साबिक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियमले अन्तिम आठमा स्थान सुरक्षित गर्यो । तर बेल्जियमलाई जितको खुशीसँगै कप्तान एडेन हजार्डको चोटले दुख पनि दिएको छ ।    

खेलको सुरुवात देखि नै केही असहज महसुस गरेका रियल म्याड्रिड विंगर हजार्ड चोटका कारण खेलको ८५ औ मिनेटमा ह्यामस्ट्रिङमा समस्या आए पछि मैदान छाड्न बाध्य भए । पछिल्लो एक वर्षमा उनले एक खेलमा मात्र पुरा ९० मिनेट खेल्न सकेका छन् ।

सन् २०१९ को जुनमा रियलको किर्तिमानी रकम, एक सय मिलियन युरोमा चेल्सीबाट सान्टियागो बर्नाबेउ आएका ३० वर्षीय हजार्डले  धेरै समय बारम्बार दुख दिने चोटका कारण मैदान बाहिर नै बिताउन बाध्य भएका थिए । 

युरो कपमा पनि उनी फेरी घाइते भएका छन् भने अबका बाँकी खेलहरु पनि खेल्न नसक्ने भएका छन् । उनले आफू घाइते भए पनि बेल्जियम टोलीसँगै बस्ने बताएका छन् ।  

“मैले फेरी चोट बोकेको छु । खेलका दौरान मलाई मेरो ह्यामस्ट्रिङमा केहि समस्सा देखियो । अहिले नै केही भन्न सक्ने अवस्था छैन । यदि चोट ठुलै रहेछ भने पनि म टोलीसँग नै रहने छु । कप्तानका रुपमा मेरो भूमिका महत्वपूर्ण छ,” खेल पछि हाजार्डले भने । 

बेल्जियमले जुलाई दुई तारिकमा हुने क्वाटरफाइनलमा पछिल्ला ३२ खेलमा अपराजित इटालीको सामना गर्नेछ । 

 

Click to comment

Trending