Euro 2020

हजार्डको रकेट गोलले ध्वस्त पारेको डिफेन्डिङ च्याम्पियनको सपना

Published

on

सेभियामा आइतबार डिफेन्डिङ च्याम्पियन पोर्चुगलले सोचेको जस्तो केही भएन । विश्व वरीयतामा शिर्ष स्थानमा रहेको बेल्जियमलाई पोर्चुगलले अन्तिम समय सम्म पनि हार मानेन त्यो एउटा डिफेन्डिङ च्याम्पियनमा हुनु पर्ने गुण पनि हो ।

पहिलो हाफमा आफुसँग निकै पोजेसन राखेको बेल्जियमले राम्रो फुटबल खेल्यो । पहिलो हाफमा बेल्जियमले पोर्चुगिज डिफेन्सलाई निकै दु:ख दिएको थियो । त्यसै अनुरुप बेल्जियम पहिलो हाफमा गोल गर्न पनि सफल भयो । थोमस मुनिएरले ४२ औँ मिनेटमा पेनाल्टी एरिया भन्दा निकै बहिर थोर्गन हजार्डलाई खाली भेट्टाए । मुनिएरले उनलाई पास दिए र थोर्गनले त्यो प्रहार आँफै लिए र ‘अन पोइन्ट’ प्रहार गरे, बेल्जियमले गोल गर्‍यो ।

उक्त प्रहारलाई पोर्चुगलका गोलरक्षक रुइ पेट्रेसियोले चाल नै पाएनन् । थोर्गन हजार्डको त्यो सशक्त प्रहार कारीब तीन सेकेण्ड हावा मा रह्यो र आफ्नो गती पनि त्यही समयमा परिवर्तन गर्‍यो । थोर्गनले गरेको त्यो प्रहारलाई फुटबलमा ‘नकल बल’ भनिन्छ तर खेलाडी र समर्थकहरुको भाषामा भन्नु पर्दा ‘रकेट गोल’ र त्यही रेकेट गोलले पोर्चुगिजहरुको फेरी युरोपियन च्याम्पियन हुने सपनालाई ध्वस्त बनाउन पुग्यो ।

दोस्रो हाफमा पोर्चुगलले २० प्रहार लिएको थियो । जहाँ ४ प्रहार फ्रेममा रह्यो । रुबेन डाएसको हेडरलाई टिबो कर्टुवाले जोगाए । रफाइल गुरेरोको सट पोस्टमा लाग्दै बहिर गयो । अन्द्रे सिल्भाको चलाखी पूर्ण मुभलाई कोर्टुवाले बचाए । ९० मिनेट पछिको इन्जुरी समय पछि थपिएको ५ मिनेटको इन्जुरी समयमा पनि पोर्चुगलले भरपुर मेहेनत गर्‍यो तर गोल गर्न सकेन् ।

रेफ्री फिलिक्स ब्रीचले अन्तिम सिट्टी बजाए र पोर्चुगल खेलाडीहरु विश्वास गर्न सकिरहेका थिएनन् । “ड्रेसिङ रुममा अझै पनि खेलाडीहरु रोइ रहेका छन् । उनीहरु विश्वास गर्न सकिरहेका छैनन् कि हामी युरोबाट बहिरिएका छौँ । हामीले खेलमा २३ प्रहार गर्यौँ तर पनि केही सफलता हात लागेन । फुटबलमा यस्तो हुन्छ नै,” पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले भने ।

पोर्चुगलको अहिलेको टोलीमा रहेका खेलाडीहरुलाई ‘मिनिनोस डि ओरो’ भन्ने गरिन्छ जसको अङ्रेजी ‘गोल्डेन बोइज’ हुने गर्छ । पोर्चुगलको यो पुस्तालाई सुनौलो पुस्ता मन्ने गरिन्छ । “अहिले तपाईं टोलीमा रहेका खेलाडी हेर्दा हामीले भविष्यमा अझै राम्रो गर्छौँ भन्ने विश्वास छ हामीसँग प्रतिभा सहितको खेलाडीको कुनै कमी छैन,” पोर्चुगिज फुटबल संघका अध्यक्ष फेर्नान्डो सोअरेसले युएफा नेसन्स लिग जिते पछि भनेका थिए ।

तर, पोर्चुगलको शुभर्ण पुस्ताका खेलाडीहरुले यो पटक युरोको उपाधि चुम्न भने पाउने छैनन् । अझै पोर्चुगल तथा विश्व फुटबलकै सर्वकालिन महान खेलाडी क्रिष्चियानो रोनाल्डोका लागि यो युरो अन्तिम युरो भएको चर्चा छ । पोर्चुगिजहरुले नेसन्स लिग जिते पछि पनि ठुलो उपाधिको आशा राखेका थिए तर सोचेको सपना पुरा हुन सकेन ।

१९८४ देखी २०१६ सम्म हरेक पटक क्वार्टरफाइनल पुगेको पोर्चुगलले पहिलो पटक अन्तिम १६ कटाउन सकेन । समर्थकहरु त निराश थिए तर पोर्चुगलका युवा खेलाडीहरुका लागि यो पाठ सिक्ने अवसर पनि हो ।

पोर्चुगलले फुटबलमा २०१४ पछि जती लगानी थपेको छ त्यो अनुसारको नतिजा पनि पाएको छ । युएफा युरो र नेसन्स लिग जित्नु युरोपको सानो देशका लागि ठुलो गर्वको बिषय पनि हो तर यो पटकको युरोलाई डिफेन्ड गर्न नसके पनि २०२२ को विश्वकपका लागि पोर्चुगिज टोली अझै बलियो हुने समर्थकहरुको विश्वास छ ।

Click to comment

Trending