Headline

ब्राजिलको इक्वेडरसँग बराबरी,पेरु बिजयी

Published

on

कोपा अमेरिकामा ब्राजिलले आफ्नो पहिलो बराबरी खेलेको छ । इक्वेडरसँग भएको खेलमा ब्राजिलले १-१ को बराबरी खेलेको हो । जारी कोपा अमेरिकामा ब्राजिलको यो पहिलो बराबरी समेत हो ।

इक्वेडरले ब्राजिललाई राम्रो चुनौती दिएको थियो । ब्राजिलका लागि एडेर मिलिटाओले ३७ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई पहिलो हाफ भरी अग्रतामा राखेका थिए । तर, दोस्रो हाफमा इक्वेडरका लागि ५३ औँ मिनेटमा एन्जल मिनाले गोल गर्दै ब्राजिललाई बराबरीमा राखेका थिए ।

त्यस पछि दुई गतिलो मौका बनाएको ब्राजिलका लागि इक्वेडरका गोलरक्षक हेर्नन गालीन्डेजले जोगाएका थिए । यो खेलमा ब्राजिलले आफ्नो मुख्य खेलाडी नेमारलाई बेन्चमा राखेको थियो ।

ब्राजिल यस अघी नै कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । अर्को खेलमा पेरुले भेनेजुएलालाई १-० ले हराएको छ ।

पेरुका लागि ४८ औँ मिनेटमा अन्द्रे कारीलोले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

समुह ‘बी’ बाट १० अंक रहेको ब्राजिल, ७ अंक रहेको पेरु, ४ अंक सहित कोलम्बिया र ३ अंक सहित इक्वेडर क्वार्टरफाइनल पुगिसकेका छन् ।

Click to comment

Trending