Euro 2020

डि लिटको रातो कार्ड ‘गेम चेन्जर’ बन्न पुग्दा नेदरल्याण्ड्स चेक रिपब्लिकसँग पराजित

Published

on

टोमस होल र प्याट्रिक सिचले दोस्रो हाफमा एक-एक गोल गरे पछि चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलमा दोस्रो हाफको ५५ औँ मिनेटमा रेफ्रीले भिएआरको मद्धत लिदै डच डिफेन्डर माथिस डि लिटलाई रातो कार्ड दिए पछि खेलमा निकै ठुलो परिवर्तन आएको थियो ।

प्याट्रिक सिचले ड्रिबल गर्दै लगेको बललाई हातले पछाडी ताने पछि डि लिटले रातो कार्ड खाएका थिए । त्यस पछि चेक रिपब्लिकले ६८ औँ मिनेटमा पहिलो गोल गर्न सफल भएको थियो । कर्नरबाट आएको बललाई टोमस कलसले हेड गर्दै मिलाए पछि पहिलो गोल टोमस होलले गरेका थिए । ८० औँ मिनेटमा चेक रिपब्लिकले अर्को गोल थपेको थियो । टोमस होलले दिएको पासमा सिचको ट्याप इनलाई डच गोलरक्षकले रोक्ने कुनै मौका नै पाएनन् ।

पहिलो हाफमा नेदरल्याण्ड्सका लागि केही मौका बनाए पनि कुनै सट फ्रेममा राख्न राखेको थिएन । नेदरल्याण्ड्सका लागि दोस्रो हाफको ५२ औँ मिनेटमा पाएको मौकामा चेकका गोलरक्षक टोमस वल्सिकले उत्कृष्ट बचाउ गरेका थिए । मेम्फिस डिपाएले दिएको चलाखीपूर्ण पासमा वान अन वानमा डोनएल मालेन चुकेका थिए ।

समुह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेदरल्याण्ड्स अन्तिम १६ मा भने चेक रिपब्लिकसँग निरह बन्दै प्रतियोगिताबाट बहिरिएको छ । चेक रिपब्लिकले अब क्वार्टरफाइनलमा डेनमार्कको सामना गर्ने छ ।

Click to comment

Trending