Euro 2020

युरो कपमा क्रिष्चियानो रोनाल्डो भर्सेस रोमेलु लुकाकु

Published

on

इटालियन फुटबलको घरेलु प्रतिद्वन्दितालाई अन्तर्राष्ट्रिय मञ्चमा निरन्तरता दिदै पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डो र बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु आइतबार युरो कपको अन्तिम १६ मा आमने-सामने हुदैछन् ।

रोनाल्डोले समुह चरणमै पोर्चुगलका लागि पांच गोल गरिसकेका छन् भने आफ्नो करिअरकै उच्च लयमा रहेका लुकाकु पोर्चुगिज कप्तानभन्दा दुई गोलले पछाडी रहेका छन् ।

इरानी फुटबल लेजेण्ड अलि दाइको १ सय ९ गोलको अन्तर्राष्ट्रिय किर्तिमान तोड्न रोनाल्डो मात्र एक गोल पर छन् । समुह एफ अन्तर्गत फ्रान्सबिरुद्धको खेलमा दुई गोल गरेपछि रोनाल्डोले दाइको किर्तिमानको बराबरी गरेका थिए ।

इटालियन सिरी आ मा सर्वाधिक गोलकर्ताको सुचीका लागि पनि प्रतिस्पर्धा गरेका रोनाल्डो र लुकाकु युरो कपमा भिड्न गइरहेका हुन् । युभेन्टसका लागि निकै कठिन रहेको इटालियन सिजनमा रोनाल्डो २९ गोल सहित सर्वाधिक गोलकर्ता भएका थिए ।

तर रोनाल्डोलाई लुकाकुले लिगकै उत्कृष्ट खेलाडी बन्दै माथ दिएका भनेथिए । रोनाल्डोभन्दा पांच गोल कम गरेका लुकाकु कै उत्कृष्ट प्रदर्शनमा इन्टर मिलनाले १० बर्षपछि इटालियन सिरी आ को उपाधि जितेको थियो ।

२०१९ मा म्यानचेस्टर युनाइटेड छोड्दै इन्टर गए यता लुकाकुको खेल एक स्तर माथि उठेको छ । २८ बर्षिय लुकाकुको खेललाई लिएर बेल्जियमका डिफेन्डर यान भेटोनन बिशेष गरि प्रभावित देखिन्छन् ।

“मैले उनी १६ बर्षको भएदेखि हेर्दै आइरहेको छु । एक बलिया र तिब्र बच्चाको रुपमा उनी जसरी बिश्वकै उत्कृष्ट स्ट्राइकर मध्ये एकको रुपमा परिणत भए त्यो मैले करिअरमा देखेको सबैभन्दा राम्रोकुरा हो,” भेटोननलेभने ।

बेल्जियम र पोर्चुगलको लागि वेम्ब्लीमा जुलाई ११ मा हुने फाइनल पुग्न सहज भने छैन । फाइनलसम्म प्रवेश गर्नका लागि यी दुई टोलीले क्वार्टर फाइनलमा इटाली र सेमिफाइनलमा स्पेन अथवा फ्रान्सलाई हराउनु पर्नेछ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस सेभिलमा हुने खेलमा आफ्नो टोली जितका साथ फर्कनेमा बिश्वस्त छन् । “हामीलाई थाहा छ हाम्रो प्रतिद्वन्दी निकै सक्षम र चुनौतिपूर्ण रहेका छन् तर मलाई के पनि थाहा छ भने हामी उनीहरु भन्दा राम्रो भने गर्नेछौं,” सान्तोसले भने ।

Click to comment

Trending