Headline

राष्ट्रिय टोलीसंगको भविष्यको प्रश्न आउदा बेलले अन्तर्वार्ता छोडेर हिडे

Published

on

वेल्स कप्तान ग्यारेथ बेल आफ्नो टोली डेनमार्कसंग नराम्ररी पराजित हुदै युरो कपबाट बाहिरिएपछि उनको राष्ट्रिय टोलीको भविष्यलाई लिएर गरिएको प्रश्नमा अन्तर्वार्ता छोडेर हिडेका छन् ।

शनिबार क्यास्पर डोल्बर्गले दुई गोल गरेपछि वेल्स डेनमार्कसंग ४-० को फराकिलो अन्तरले पराजित हुंदै अन्तिम १६ बाट बाहिरियो । यसअघि फ्रान्समा भएकोअघिल्लो संस्करणको सेमिफाइनल खेलेको वेल्सका लागि शनिबारको हार लज्जास्पद रहन पुग्यो ।

३१ बर्षिय बेललाई खेल समाप्त पछि मैदानमै हुने अन्तर्वार्तामा अब उनको वेल्ससंगको भविष्य के हुनेभनेर प्रश्न आउने बित्तिकैउनी माइक छोडेर गएका थिए । बेलको कदमलाई वेल्स प्रशिक्षक रोबर्ट पेजले एकदम सही भएको भन्दै सोधिएको प्रश्नलाई असंवेदनशीलको रुपमा व्याख्या पनि गरेका थिए ।

“तपाईलाई हिजो पनि के यो खेल तपाईको वेल्सका लागि अन्तिम हुने भनेर सोधिएको थियो र तपाईले कम से कम पनि अर्को मौका पाउनु पर्ने बताउनु भएको थियो,” बिबिसीका एक पत्रकारको यो प्रश्न पुरा हुन नपाउदै क्रुद्ध देखिएका बेल क्यामेरा छोडेर हिडे ।

“चेन्जिंग रुममा अन्य खेलाडीहरु सरह उनी पनि निराश छन् । उनी किन आफ्नो भविष्यको बारेमा अहिले उत्तर दिन्छन् जस्तो लागिरहेको छ तपाईलाई , वेल्स प्रशिक्षक पेजले भने ।

“मेरो लागि यो निकै नै असंवेदनशील प्रश्न हो । मैदानबाट भर्खरै हारको सामना गरेर फर्किएका खेलाडीलाई यस्तो प्रश्न सोध्नुको कुनै तर्क छैन । यस्तो क्षणमा हारको चोट आलै हुन्छ र मेरो लागि उनले अन्तर्वार्ता छोडेर जानु एकदम सही निर्णय थियो,” पेजले समर्थन जनाए ।

अन्तर्वार्ताबाट हिड्नु अघि बेलले रेफ्रिको निर्णयले खेलमा प्रभाव पारेको बताएका थिए । डेनमार्कले दोश्रो गोल गर्दा किफर मुरमाथि फउल भएकोमा उनी अडिग थिए । डोल्बर्गले दोश्रो हाफको शुरुवातमै गोल गरे लगत्तै बेलले जर्मन रेफ्रि ड्यानियल सिबर्टसंग मुरमाथि फउल भएको भन्दै अपिल गरेका थिए ।

दोश्रो गोलपछि वेल्स खेलमा पुनरागमन जनाउन पूर्ण रुपमा असफल भएको थियो । तपाईले कुनै खेलाडीलाई पछाडीबाट लडाउदै बल खोस्नु हुन्छ भने त्यो फउल हो । शायद रेफ्रि यो खेलमा दर्शकबाट प्रेरित हुनु भयो, बेलले भने ।

Click to comment

Trending