Euro 2020

पोर्चुगल र बेल्जियम भिड्दा अत्मविश्वासी डच चेकको सामना गर्दै

Published

on

अन्तिम १६ को तेस्रो खेलमा आत्मविश्वासी नेदरल्याण्ड्सको टोलीले चेक रिपब्लिकको सामना गर्दैछ । चौँथो खेलमा विश्व बरियताको शिर्ष स्थानमा रहेको बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगलको सामना गर्ने छ ।

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक

नेदरल्याण्ड्सका प्रशिक्षाक फ्रांन्क डि बोएरले प्रतियोगिता नै जित्ने लक्ष्य लिए पनि त्यस भन्दा अघि उनले अन्तिम १६ को आफ्नो पहिलो खेलमा चेक रिपब्लिकको सामना गर्नु पर्ने हुने छ । निकै अत्मविश्वासी रहेको डच टोली ‘ओरेन्जे’ लाई चेकको चुनौति पनि सानो हुने छैन ।

समुह चरणको तीन खेलमा आठ गोल गर्दै ९ अंकका साथ समुह बिजेता बन्दै अन्तिम १६ मा पुगेको नेदरल्याण्ड्सको टोलीलाई उपाधि दावेदार भन्दा आफुलाई लाज नलाग्ने प्रशिक्षक फ्रांन्क डि बोएरले बताएका चन् । “हाम्रो लक्ष्य फाइनल पुग्नु मात्रै हैन जित्नु पनि हो,” डि बोएरले बुडापेस्टमा हुने खेल अघि भनेका थिए ।

“तपाई युरोपियन च्याम्पियन तेतिकै बन्नु हुँदैन तर हाम्रो यो टोली भने बन्न सक्छ किन भने हामीसँग त्यो क्वालिटी छ,” उनले भने । नेदरल्याण्ड्स र चेक रिपब्लिकको बिजेताले वेल्सलाई ४-० ले पाखा लगाएको डेनमार्कसँग क्वार्टरफाइनल खेल्ने छ । पछिल्लो छ खेलमा अपराजित रहेको नेदरल्याण्ड्सले छ मद्धे दुई खेल मात्रै जितेको चेकसँग खेल्दै छ ।

नेदरल्याण्ड्सका लुक डि यङ डच टोलीबाट घुँडाको चोटका कारण बहिरिएका छन् । उनको स्थानमा वोउट वेघोर्स्टले खेल्ने छन् । चेकका लागि ठुलो चोट देखिएको छैन । इङ्ल्याण्ड विरुद्ध नै खेलेको शुरुवाती ११ चेकले नेदरल्याण्ड्सविरुद्ध खेलाउने सम्भावना छ ।  खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

पोर्चुगल भर्सेस बेल्जियम

विश्व वरियताको शिर्ष स्थानमा रहेको बेल्जियम र डेफेन्डिङ च्याम्पियनको यो खेललाई ब्लकबस्टरको रुपमा हेरिएको छ । इटालियन घरेलु फुटबलका दुई प्रतिद्वन्धी खेलाडी क्रिष्चियानो रोनाल्डो र रोमेलु लुकाकु बिच यो खेलमा गोलका लागि कडा प्रतिस्पर्धा हुने छ । समुह चरणमै पाँच गोल गरिसकेका रोनाल्डो युरोको शिर्ष गोलकर्ता समेत हुन् । आफ्नो जीवनकै उच्च फममा रहेका लुकाकु उनी भन्दा तीन गोलले पछि रहेका छन् ।

बेल्जियम र पोर्चुगल बिचको यो खेल युरोको सबै भन्दा ठुलो खेल मानिएको छ । घरेलु फुटबलमा रोनाल्डोलाई पछाडी पार्दै इन्टर मिलानलाई उपाधि दिलाए पनि युरोमा भने लुकाकुलाई त्यो सहज छैन । १०९ गोलका साथ अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमानलाई बराबरीमा राखेका रोनाल्डोलाई आज पोर्चुगललाई जित दिलाउने मात्रै हैन एउटा ठुलो कोसेढुङ्गा पार गर्ने मौका छ ।

“हामीलाई बेल्जियम कस्तो बलियो टोली हो भन्ने पनि थाहा छ तर हामी उनीहरु बन्दा अब्बल भएर खेल जित्ने छौँ,” पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले बताए । पोर्चुगल र बेल्जियमको बिजेताले क्वार्टरफाइनलमा इटाली वेम्बलीमा सामना गर्ने छ ।

पछिल्ला छ खेल हेर्ने हो भने बेल्जियम अपराजित रहेको छ । पोर्चुगलले एक खेलमा मात्रै पराजय भोगेको छ । पोर्चुगलका लागि रेनाटो सान्चेसले यो खेलमा पनि शुरुवात गर्न सक्ने छन् । बेल्जियमका लागि पनि यो खेल केवेन डि ब्रुनले शुरुवाती ११ मा स्थान बनाउन सक्ने छन् । खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

गिनी विज्नाल्डम, नेदरल्याण्ड्स

रेनाटो सान्चेस, पोर्चुगल

 

Click to comment

Trending