अन्तर्राष्ट्रिय

लेविसको आक्रामक पारीमा वेस्ट इन्डिजको सनसनीपूर्ण जित 

Published

on

एभिन लेविसले आक्रामक अर्धशतक प्रहार गर्दा घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा आठ बिकेटको सहज सनसनीपूर्ण जित हात पारेको छ । जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १६० रन बनायो भने लेविसले ३५ बलमा ७१ रनको तुफानी पारी खेल्दा वेस्ट इन्डिजले ३० बल अगावै दुई विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

खेलको म्यान अफ द म्याच घोषित लेविसले पहिलो विकेटका लागि १९ बलमा ३० रन बनाएका आन्द्रे फ्लेचरसँग मिलेर मात्र सात ओभरमा ८५ रन जोड्दै वेस्ट इन्डिजलाई राम्रो सुरुवात दिलाए । ११ दशमलब पाँच ओभरमा वेस्ट इन्डिजको स्कोर १२४ रन हुँदा तब्रिज शाम्सीको बलमा आउट हुनु अघि लेविसले चार चौका र सात छक्का प्रहार गरे ।

वेस्ट इन्डिजको जितमा अविजित रहेका क्रिस गेल र आन्द्रे रसेलले क्रमश २४ बलमा ३२ रन तथा १२ बलमा २३ रनको पारी खेले ।

यस अघि दक्षिण अफ्रिकाको लागि रस्सी भान डर डस्सेनले ३८ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५६ रन बनाए भने विकेट किपर ब्याट्सम्यान क्विन्टन डि ककले ओपनिङमा ब्याटिङ गर्दै २४ बलमा समान २-२ चौका र छक्काको मद्दतमा ३७ रनको पारी खेले ।      

कप्तान टेम्बा बवुमाले २२ तथा ओपनर रेजा हेन्ड्रिक्सले १७ रन बनाए पनि मध्य तथा तल्लो क्रमका ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन नसक्दा सुरुवात राम्रो गरे पनि दक्षिण अफ्रिका ठुलो स्कोर बनाउनबाट चुक्यो ।   

वेस्ट इन्डिजका फाबियन एलेन र ड्वायन ब्राभोले समान २-२ विकेट हात पारे । 

 

Click to comment

Trending