Euro 2020

क्रोएसियाका पेरिसीकलाई कोरोना पोजेटिभ

Published

on

क्रोएसिया राष्ट्रिय टोलीका मिड्फिल्डर इभान पेरिसीकलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । संक्रमण देखिएसँगै पेरीसीकले स्पेन विरुद्धको अन्तिम १६ को खेल गुमाउने छन् ।

पेरीसीकले समुह चरणका तीन खेलमा दुई गोल गर्दै २०१८ विश्वकपको फाइनल खेलेको क्रोएसियालाई पराजित हुनबाट बचाएका थिए । तर, अब भने कोरोना संक्रमण देखिएसँगै उनी अब १० दिन आईसोलेसनमा बस्नु पर्ने छ । क्रोएसियाले फाइनल सम्मको यात्रा तय गरे पनि उनले भने कुनै खेल खेल्न पाउने छैनन् ।

“शनिबार हामीले पाएको रिपोर्ट अनुसार हाम्रा खेलाडी इभान पेरिसीकलाई कोरोना भाईरसको संक्रमण भएको देखिएको थियो । त्यस पछि उनलाई चिकित्सकहरुको टोलीले १० दिनको आईसोलेनमा राख्नका लागि बाँकी खेलाडीहरु भन्दा छुट्टै राखिएको छ,” क्रोएसिया फुटबल संघले एक बिज्ञपतीमा लेखेको छ ।

क्रोएसियाका अन्य खेलाडी बाँकी कर्माचारीको भने नतिजा नेगेटिभ आएको छ । उनी युरो २०२० मा कोभिड संक्रमित हुने दोस्रो खेलाडी हुन् । यस अघी स्कटल्याण्डका बिल्ली गिलमोरलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

Click to comment

Trending