Euro 2020

डोलबर्गको दुई गोलमा डेनमार्क क्वार्टरफाइनलमा

Published

on

क्यासपर डोलबर्गको दुई गोल, योकिम माइल र मार्टिन ब्रेथवाइटको एक-एक गोलमा डेनमार्कले वेल्सलाई ४-० ले हराउँदै युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डेनमार्क २००४ को युरो पछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।

डेनमार्कका लागि पहिलो गोल २७ औँ मिनेटमा क्यासपर डोलबर्गले गरेका थिए । डोलबर्गले करीब २५ यार्डबाट गरेको प्रहारलाई वेल्सका गोलरक्षक ड्यानी वार्डले बचाउने कुनै मौका पाएनन् । डोलबर्गले गरेको त्यो प्रहारले कर्भ लिँदै पोस्टको दाँया तर्फ हानेका थिए ।

खेलको १० मिनेटमा भने वेल्सका लागि ग्यारेथ बेलले गरेको प्रहार केही बहिर रहन पुग्यो । त्यस पछि पहिलो हाफको धेरै समय रक्षापङ्तीमै बितेको थियो । ३२ औँ मिनेटमा डेनमार्कका लागि मिक्केल ड्याम्सगार्डले दोस्रो गोल गर्ने मौका गुमाएका थिए ।

दोस्रो हाफमा डेनमार्कले दोस्रो गोल थप्न सफल भएको थियो । ४८ औँ मिनेटमा डोलबर्गले वेल्सका लागि दोस्रो गोल गरेका थिए । मार्टिन ब्रेथवाइटले बनाएको मुभमा उनैले दिएको क्रसलाई वेल्सका डिफेन्डरले क्लियर गर्ने क्रममा डोलबर्गको खुट्टामै पुग्दा गोल भएको थियो । वेल्सले दोस्रो हाफमा केही मौकाहरु बनाए पनि डेनमार्कका गोलरक्षक क्यासपर स्माइकललाई भने दु:ख दिन सकेनन् ।

६५ औँ मिनेटमा जो एलेनले गरेको प्रहारलाई डेनमार्कका एन्द्रेस क्रिष्चियनसनले रोकिदिएका थिए । वेल्सले त्यस पछि मुभ बनाए पनि खेलमा गोल भने गर्न सकेन । ८८ औँ मिनेटमा डेनमार्कले तेस्रो गोल थप्यो । माथिएस जेन्सेनको पासमा योकिम माइलले गोल गरेका थिए । डेनमार्कका लागि चौँथो गोल मार्टिन ब्रेथवाइटले गरेका थिए । माइलको पासमा ब्रेथवाइटले गोल गर्न सफल भएका थिए ।

जितसँगै डेनमार्क क्वार्टरफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा डेनमार्कले नेदरल्याण्ड्स र चेक रिपब्लिक बिचको बिजेतासँग खेल्ने छ ।

 

Click to comment

Trending