अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको ट्वान्टी ट्वान्टी शृंखलामा क्लिन स्विप 

Published

on

इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले लगातार तेश्रो खेलमा पनि खराब ब्याटिङ प्रदर्शन गर्दा घरेलु टोली इंग्ल्यान्डले ट्वान्टी ट्वान्टी शृंखलामा क्लिन स्विप गरेको छ ।

तेश्रो तथा अन्तिम खेलमा ८९ रनको फराकिलो जित दर्ता गर्दै इंग्ल्यान्डले तीन खेलको शृंखला ३-० ले जित्दै ह्वाइट वास गर्न सफल भएको हो । इंग्ल्यान्डले पहिलो र दोश्रो ट्वान्टी ट्वान्टीमा श्रीलंकालाई क्रमश आठ विकेट र डकवर्थ लुइस नियममा पाँच विकेटले पराजित गरेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १८० रनको योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको श्रीलंकाले १८ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो ।   

इंग्ल्यान्डको तर्फबाट ओपनरद्वय जोनी बैरस्टो र दाविद मलानले अर्धशतकीय पारी खेल्दै पहिलो विकेटका लागि ११ दशमलब चार ओभरमा १०५ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई राम्रो सुरुवात दिए ।   

४८ बलको  सामना गरेका मलानले सर्वाधिक ७६ रन बनाए भने बैरस्टोले पनि ५१ रनको पारी खेले । त्यस पछि आएका ब्याट्सम्यानहरुले भने ठुलो स्कोर बनाउन सकेनन् । 

लियाम लिभिङस्टोन १४, साम बिलिङस दुई, कप्तान ओइन मोर्गन एक तथा मोएन अली सात रन बनाएर आउट भने भने अविजित रहेका साम कर्रन र क्रिस जोर्डनले क्रमश नौ र आठ रनको योगदान दिए ।

श्रीलंकाका दुश्मन्था चमेराले चार ओभरमा मात्र १७ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।

श्रीलंकाको तर्फबाट नबौँ नम्बरमा ब्याटिङ गर्न आएका बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए भने ओशाडा फर्नान्डोले १९ तथा विकेट किपर  निरोशन डिकवेलाले ११ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् र श्रीलंकाले लज्जास्पद हारको सामना गर्न पर्यो ।

इंग्ल्यान्डका डेभिड विलीले सर्वाधिक तीन विकेट लिए भने किफायती बलिङ गरेका साम कर्रनले चार ओभरमा मात्र १४ रन खर्चिएर दुई बिकेट आफ्नो नाममा दर्ता गराए । त्यस्तै एक विकेट मात्र हात पार्न सफल भए पनि क्रिस वक्सले चार ओभरमा मात्र नौ रन खर्चिए ।         

Click to comment

Trending