Headline

प्रशिक्षक बिहिन टोटनह्यामको अन्तिम बिकल्प नुनो

Published

on

होजे मोउरिन्होलाई सिजनको बिचमा वर्खास्त गरे पछि मुख्य प्रशिक्षक विहिन रहेको टोटनह्यामका लागि अन्तिम बिकल्पको रुपमा वुल्भसका पुर्व प्रशिक्षक नुनो एस्प्रितो सान्टोको नाम अगाडि आएको छ ।

मोउरिन्होलाई बर्खास्त गरे पछि कार्यबाहक प्रशिक्षकको रुपमा रायन मेसन आए पनि उनलाई यस सिजन टोटनह्यामले मौका दिने छैन । धेरै प्रशिक्षक हेरिसके पछि पनि कुनै प्रशिक्षकसँग सम्झौता गर्न नसकेको टोटनह्यामको लागि नुनो अन्तिम बिकल्प जस्तै हुन् ।

मोउरिन्होको बर्खस्ती पछि एन्टोनियो कोन्टेलाई प्रशिक्षकको रुपमा भित्र्याउन खोजेको टोटनह्यामले अन्तिम समयमा उनको तलब र भात्ता धेरै भएका कारण सम्झौता दिएको थिएन । त्यस पछि रोमाका पुर्व प्रशिक्षक पाउलो फोन्सेकालाई भित्राउन खोजेको टोटनह्यामले उनीसँग पनि अन्तिम समयमा सम्झौता गर्न सकेको थिएन ।

गेनारो गट्टुसोसँग पनि अन्तिम समयमा सम्झौता हुन नसक्दा टोटनह्यामले अर्को प्रशिक्षकलाई भित्र्याउन असफल भएको थियो । गट्टुसो पछि सेभियाका जुलेन लोप्पेटेगुइले टोटनह्यामको प्रस्तावलाई नकारेका थिए । टोटनह्यामलाई अहिले क्लबको आर्थिक अवस्थाको चिन्ता रहेका कारण उसले धेरै तलब र धेरै पैसा खर्च नगर्ने प्रशिक्षक खोजिरहेको छ ।

त्यही कारण पनि क्लबले आफ्नो अन्तिम उपायको रुपमा वुल्भ्सका पुर्व प्रशिक्षल नुनोलाई लिएको छ । नुनोले वुल्भ्सलाई च्याम्पियन्शिपबाट ल्याउँदै प्रिमियर लिगमा शिर्ष ६ मा प्रतिस्पर्धा गर्न सक्ने टोली बनाएका थिए ।

गएको मे मा वुल्भ्स छोडेका नुनो अहिले फ्री एजेन्ट रहेका उत्कृष्ट प्रशिक्षक हुन् । इङ्लिश समाचारका अनुसार पनि टोटनह्यामले उनलाई प्रशिक्षकको लागि प्रस्ताव गरेको लेखेका छन् ।

 

Click to comment

Trending