राष्ट्रिय

क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गर्ने भएको छ ।

विश्वकप लिग टु अन्तर्गत स्पेनमा आयोजना हुने भनिएको नेपाल सहित स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखला अर्को वर्ष सम्मका लागि स्थगित भए पछि क्यानले बन्द प्रशिक्षण हालका लागि स्थगित गर्ने निर्णय लिएको हो । 

स्कटल्याण्डमा आयोजना हुनु पर्ने शृंखला कोरोनाका कारण स्पेनमा आयोजना गर्न लागिएको थियो । नामिबियामा कोरोना संक्रमण दरमा वृद्धि भए पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शृंखला हालको लागि स्थगित गर्ने निर्णय गरेको हो । त्यस्तै नामिबियामा सरकारले यात्रा गर्नका लागि पनि प्रतिबन्ध गरेको छ जसका कारण नामिबियालाई स्पेन सम्म आउनका लागि पनि सहज नभए पछि शृंखला स्थगित गर्न परेको हो ।

क्यानले गत मङ्गलबारबाट सुरु भएको बन्द प्रशिक्षण स्थगित गर्ने जनाए पनि खेलाडीहरुले मुख्य प्रशिक्षक डेव ह्वाटमोरको निगरानीमा सानो समुह बनाएर नियमित अभ्यास भने गर्नेछ ।        

 

Click to comment

Trending