Headline

व्यवसायिक बक्सिङमा डेब्यु गर्दै मुहम्मद अलीका नाती

Published

on

बक्सिङका सर्वश्रेष्ठ खेलाडी मुहम्मद अलीका नातीले आउँदो अगस्ट १४ मा आफ्नो पहिलो व्यवसायिक बक्सिङ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । निको अली वल्शले आफ्नो हजुरबुवाको विराशतलाई कायम राख्न पाउँदा खुशी लागेको बताएका छन् ।

अली वल्सले आफ्नो हजुरबुवाको बक्सिङ करिअरमा २७ वर्ष व्यवस्थापन गरेका बब अरुमसँग सम्झौता पनि गरिसकेका छन् । २० वर्षिय उनले आफ्नो पढाईको अन्तिम वर्ष देखी बक्सिङको शुरुवात गर्न लागेका हुन् । उनी हाल व्यवसायिक शिक्षामा स्नातक गर्दै छन् ।

“मेरो हजुरबुवाको बक्सिङ विराशतलाई मैले फेरी शुरु गर्न पाउँदा निकै सम्मानित भएको महसुस हुन्छ,” अली वल्सले भने ।

“मा यो जिम्मेवारीलाई हल्कासँग लिने छैन,” उनले थपे ।

मुहम्मद अलीलाई बक्सिङको सर्वकालिन महान खेलाडी मानिन्छ । उनले तीन पटक हेभीवेटको उपाधी जितेका थिए । २०१६ मा ३० वर्ष पुरानो रोगसँग लड्दा लड्दै उनको मृत्‍यु भएको थियो ।

अली वल्सले व्यवस्थापकका लागि सम्हौता गरेका बब अरुम अमेरिकाका शिर्ष बक्सिङ प्रचारक हुन् ।

१४ वर्ष देखी बक्सिङ खेल्न थालेका अली वल्सले ३० बक्सरसँग प्रतिस्पर्धा गरिसकेका छन् । उनको ट्रनेर विश्व हेभिवेट च्याम्पियन टाइसन फ्युरी हुन् ।

Click to comment

Trending