Euro 2020

अन्तिम १६ को पहिलो खेलमा वेल्सले डेनमार्कको सामना गर्दा, इटालीले अष्ट्रिया विरुद्ध खेल्दै

Published

on

युरो २०२० मा शनिबारबाट अन्तिम १६ का खेलहरु हुँदै छन् । अन्तिम १६ को पहिलो खेलमा वेल्सले डेनमार्कको सामना गर्दा दोस्रो खेलमा इटालीले अष्ट्रियासँग खेल्ने छ ।

वेल्स भर्सेस डेनमार्क

वेल्स समुह ‘ए’ बाट दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गरेको टोली हो । गोल भिन्नताको आधारमा दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको वेल्सले अन्तिम १६ को खेलमा डेनमार्क विरुद्ध खेल्ने छ । डेनमार्क पनि अन्तिम दिन रुसलाई ४-१ ले हराउँदै गोल भिन्नताको आधारमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

वेल्सका लागि २०१६ को उत्कृष्ट लय फेरी समाउने मौका छ । २०१६ मा क्वार्टरफाइनल सम्मको यात्रा तय गर्दाका ग्यारेथ बेल र एरोन राम्से रहे पनि यो टोलीका लागि फेरी पनि ईतिहास रच्ने मौका छ । डेनमार्कले अन्तिम १६ मा जित निकाल्दा उसले २००४ पछि पहिलो पटक क्वार्टरफाइनल खेल्ने छ । १९९२ को बिजेता डेनमार्कलाई आत्मविश्वासको कमी छैन । वेल्स विरुद्ध खेलिएको पछिल्ला १० खेल हेर्ने हो भने डेनमार्कले छ खेल जितेको छ ।

आफ्नो पुर्व प्रेमिकाले आफु विरुद्ध हिशां भएको उजुरी दिए पछि प्रहरी हिराशतमा रहेका रायन गिग्स वास्तवमा युरो २०२० मा वेल्सका प्रशिक्षक थिए । तर, हिरशतमा राखे पछि उनको स्थानमा रब पेजलाई युरोमा जिम्मेवारी दिएको थियो र उनले त्यही जिम्मेवारी अनुरुप वेल्सलाई अन्तिम १६ मा पुर्याएका हुन् । वेल्सका लागि अघिल्लो खेलमा रातो कार्ड खाएका एथान अंपाडुले डेनमार्कसँगको खेल गुमाउने छन् । डेनमार्कले भने रसियासँगै खेलेको शुरुवाती ११ खेलाउने सम्भावना छ ।

खेल नेपाली समय अनुसार ९:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

डेनियल जेम्स, वेल्स

पिएरे-इमिले होजबर्ग, डेनमार्क

इटाली भर्सेस अष्ट्रिया

समुह ‘ए’ को बिजेता इटालीले अन्तिम १६ मा पहिलो पटक समुह चरण कटाएको अष्ट्रियाको सामना गर्ने छ । अष्ट्रिया समुह ‘सी’ मा दोस्रो स्थानमा रहदै अन्तिम १६ मा छनोट भएको थियो । इटालीका लागि यो खेलमा ईतिहासमा नाम लेखाउने अवसर हुने छ ।

पहिलो पटक नकआउट चरण खेल्दै गरेको अष्ट्रियाका लागि इटाली निकै कठिन बिपक्षी हुने छ । अष्ट्रिया विरुद्धको पछिल्लो १३ खेलमा आपरजित रहेको इटालीका लागि क्वार्टरफाइनलको यात्राले खेलाडीहरुमा अझै अत्मविश्वास थपिने प्रशिक्षक रोबेर्टो मानचिनीले बताएका छन् । इटाली ३० खेलमा अपराजित रहेको छ । इटालीले १९३५ को आफ्नै अपराजित यात्रालाई तोड्ने लक्ष्य लिएको छ ।

इटालीले युरो कपमा हल सम्म २५ खेलाडीलाई मौका दिसकेको छ । दोस्रो रोजाईको गोलरक्षक साल्वाटोरे सिरिगुलाई पनि युरोमा मौका दिएको इटालीका लागि समुह चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले यो खेलमा मौका पाउने छन् । इटालीका लागि खतरा बन्न सक्ने अष्ट्रियाका खेलाडीहरु डेभिड अलबा, मार्सेल साबिट्जेर र मर्को अर्नौटोविक रहेका छन् ।

खेल नेपाली समय अन्सुहार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

मार्को भेराट्टी, इटाली

मार्सेल साबिट्जेर, अष्ट्रिया

Click to comment

Trending