अन्तर्राष्ट्रिय

किलियन एम्बाप्पेका भाई इथान पिएसजीमा 

Published

on

फ्रान्सका चर्चित युवा फुटबलर किलियन  एम्बाप्पेका भाई इथान एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग नयाँ सम्झौता गरेका छन् ।
क्लबले जनाए अनुसार १५ वर्षीय जुनियर एमबाप्पेले सन् २०२४ सम्मका लागि सम्झौता गरेका हुन् । पीएसजीले इथान बाहेक अर्का १५ वर्षीय खेलाडी सेन्नी मयुलुसँग पन्नी सम्झौता गरेको जनाएको छ ।
पीएसजीको एकडेमीमा नै रहेका इथानले सन् २०१९ मा सम्पन्न अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फ्युचर्स प्रतियोगिता उत्कृस्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका थिए । जसका कारण क्लबले उनीसँग तीन वर्षको नयाँ सम्झौता गरेको हो ।
जुनियर एम्बाप्पेले पिएसजीसँगको नयाँ सम्झौता पछि खुशी ब्यक्त गर्दै इन्स्टाग्राममा लेखेका छन्, ‘म मेरो टोलीमा निरन्तरता दिन पाउँदा निकै गरवान्धित छु, पिएसजी ।’
इथानले आफ्ना दाजु किलियनसँगै पिएसजीको जर्सीमा लिग वानमा सँगै खेलेको देख्ने सम्भावना भने निकै कम रहेको छ । २२ वर्षीय किलियनको पिएसजीसँगको सम्झौता अर्को सिजनको अन्त्य सँगै सकिने छ । तर उनले नयाँ सम्झौता गर्ने छन् अथवा हल्ला चले जस्तै स्पेनिस जायन्ट रियल म्याड्रिड पुग्ने छन् भने समयले नै बताउने छ ।
हाल युरो कप २०२० का लागि फ्रान्सको टोलीमा रहेका किलियनले केहि समय अघि एक अन्तर्वार्तामा आफु पिएसजी छाड्ने अथवा नयाँ सम्झौता गर्ने भन्ने विषयलाई लिएर हतार नगर्ने बताएका थिए ।

Click to comment

Trending