Headline

न रोनाल्डो, न मेस्सी । कुवेतका अल मुतावा सर्वाधिक अन्तर्राष्ट्रिय खेल्ने खेलाडी

Published

on

कुवेतका भेटेरान फुटबलर बदेर अल मुतावा बिश्वकै सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बनेका छन् । अरब कप छनोटमा शक्रुबार दोहोमा बहराइनबिरुद्ध उनले नयां कोशेढुंगा पुरा गरेका हुन् ।

२००३ मा आफुले अन्तर्राष्ट्रिय डेब्यु गरेको पहिलो खेलमै दुई गोल गरेका ३६ बर्षिय स्ट्राइकरअल मुतावाले शुक्रबार आफ्नो १ सय ८५ औं खेल खेलेका हुन् । यस क्रममा उनले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलेका इजिप्सियन स्टार अहमद हसनको लामो समय देखिको किर्तिमान तोडेका हुन् ।

यद्दपि बिश्व फुटबलका धेरै स्टारहरु अल मुतावाको किर्तिमान पनि तोड्न नजिक पुगिसकेका छन् ।

पोर्चुगिज सुपरस्टार क्रिष्चियन रोनाल्डो आइतबार युरो कपको अन्तिम १६ मा बेल्जियमबिरुद्ध उत्रदा उनले १ सय ७९ औं अन्तर्राष्ट्रिय खेल्नेछन् । रोनाल्डोले समुह चरणमा फ्रान्सबिरुद्ध गोल गर्दा इरानी फुटबल लेजेण्ड अलि दाइको सर्वाधिक १ सय ९ अन्तर्राष्ट्रिय गोलको किर्तिमानको बराबरी पनि गरेका थिए ।

अल मुतावाको किर्तिमान नजिक स्पेनका सर्जियो रामोस पनि छन् । हाल युरो कपको टिममा स्थान नपाएका रामोसले देशका लागि १ सय ८० खेल खेलेका छन् । अर्कास्टार खेलाडी लियोनल मेस्सीले भने अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका छन्।

अल मुतावाले सेप्टेम्बर ४, २००३ को एसिया कप छनौटबाट कुवेतका लागि डेब्यु गर्दा उनी १८ बर्ष २ सय ३७ दिनका थिए । आफ्नोडेब्यु यता उनले ४४ देशहरुको सामना गर्दै ५४ गोल गर्न सफल भएका छन् ।

अरब कप नोभेम्बर ३० देखि डिसेम्बर १८ सम्म हुन गइरहेको छ भने त्यसपछि कतारले ठ्याक्कै एक बर्षपछि बिश्वकप आयोजना गर्नेछ ।

Click to comment

Trending